Websoft University

जीवन घिमिरेले ३७ महिनामा गरेका जनताका मन छुने कामहरु


विराटनगर २६ कात्तिक । रातो तारा डट कम, आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरे प्रदेश १ सरकारमा ३७ महिना रहे । 

३७ महिनामा उनले जति काम गरे ति कामहरुले जनताका मन छोएका छन् । उनले गरेका कामका कारण प्रदेशबासीकै जनताहरु घिमिरेले जितेको हेर्न चाहेका छन् । काम गर्ने व्यक्तिले अवसर पाउँदा कसरी गर्न सक्छ भन्ने उदाहरण दिएका घिमिरेले जितेको सन्देश अहिले प्रदेशबासीहरुले हेर्न चाहेका   छन् । 


शुन्य अवस्थाबाट घिमिरेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले ३७ महिनामा मन्त्रालय अन्र्तगतका ९ वटा क्षेत्रलाई समानरुपमा अघि बढाएका थिए । सार्वजनिक शौचालय सफाई गर्दै मन्त्रालयलाई अघि बढाएका घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण र उपचारमा नेपालभरमै उत्कृष्ट कार्य गरे । काठमाण्डौं पछि शहिद रंगशाला विराटनगरमा फ्लड लाईट जडान उनकै अग्रसरतामा सम्पन्न भयो । 

मोरङ बुढीगंगामा नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय स्थापना ३७ महिनाको कार्यकाल भित्रै घिमिरेले सम्पन्न गरे । विश्वविद्यालयले अहिले पठनपाठन शुरु गरेको छ । सिंगिया खोला सफाई अभियानको शुरुवात गर्ने काम घिमिरेबाटै भयो । जसका कारण जनतामा अहिले खोलामा फोहोर फाल्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ । एक नम्वर प्रदेशका १४ जिल्लामा स्वास्थ्य वीमा कार्यक्रमको शुरुवात, प्रदेश स्तरमा आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्रको स्थापना, अत्याधुनिक सुविधा सम्पन्न दीर्घकालिन पुर्नस्थापना केन्द्र, विराटनगरमा हातेमालो जेष्ठनागरिक भवन निर्माण अपाङ्गता पुर्नस्थापना र संरक्षणको अभियान, सडक आश्रित तथा सहयोगापेक्षी मानवमुक्त प्रदेश बनाउने अभियान, प्रदेश १ बाट १० वर्षभित्रमा झोला  किताव विस्थापीत गरि सूचनाप्रविधि मैत्री विद्यालय बनाउने कार्यको शुरुवात, कोशी अस्पतालको सुधार र पुननिर्माणको थालनी, एक पालिका एक खेलकुद मैदान बनाउने कार्यको शुरुवात, सामुदायिक विद्यालय नर्सिङ कार्यक्रमको थालनी, जेष्ठनागरिक दन्त उपहार कार्यक्रम लगायतका सयौं काम घिमिरेले ३७ महिना भित्रमा गर्न सके । 

मन्त्री घिमिरेको जति काम सामाजिक विकास मन्त्रालयले बाँकी अवधिमा गर्न नसकेको अहिले मन्त्रालयका कर्मचारीहरु बताउँछन् । मन्त्रालयका एक कर्मचारीले भने,‘ घिमिरे मन्त्री हुँदा मात्रै मन्त्रालय मन्त्रालय जस्तो थियो ।’ उनका अनुसार घिमिरे काम विना एक छिन पनि नबस्ने स्वभावको व्यक्ति हो । घिमिरेले आफ्नो कार्यकालभरिमा सँधै मन्त्रालयलाई उत्कृष्ट बनाए । प्रदेश योजना आयोगको अभिलेखले पनि यो कुरालाई पुष्टि गरेको छ । प्रदेशमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल घिमिरेलाई भारतको नयाँदिल्लीमा समेत सम्मानित गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.