Websoft University

गुराँस पुस्तकालयद्वारा चारजना सम्मानित


विराटनगर असोज १५ गते | रातो तारा डट कम, विराटनगरस्थित गुराँस पुस्तकालयको ५२ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरु सम्मानित हुनु भएको छ ।

विराटनगरमा शनिबार आयोजित कार्यक्रममा मुक्तिनाथ–यदुनाथ चापागाईं स्मृति सम्मानबाट ओझेलमा परेका राजनैतिक व्यक्ति उद्धव सापकोटालाई सम्मान गरिएको छ  । सापकोटालाई दोसल्ला ओढाएर नगद २१ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी समाजसेवातर्फ विराटनगरको मानव सेवा आश्रमलाई सम्मान गरिएको थियो । आश्रमलाई १५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै ५ हजार राशिको युवा प्रतिभा तर्फको सम्मान हाँस्यकलाकार पारस थापालाई प्रदान गरिएको थियो ।


उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष सुनिल पाण्डे, नेपाली कांग्रेस विराटनगर महानगर समिति सभापति दीपक चापागाईंलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो । त्यसैगरी डा. कैलाश श्रेष्ठ स्थापना गरेको छात्रवृद्धि गोग्राहा माविमा अध्ययनरत दुईजना विद्यार्थीलाई प्रदान गरिएको छ । कक्षा ८ को परीक्षामा ३.५ जीपीएभन्दा बढी अंक ल्याउने जेहेन्दार विद्यार्थीलाई प्रशंसापत्र र नगद प्रदान गरिएको थियो । कार्यक्रममा मेयर नागेश कोइराला, साहित्यकार दधिराज सुवेदी, पुस्तकालयका पूर्वअध्यक्ष दीपक चापागाईंलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.