Websoft University

प्रहरीले लुटपातमा संलग्न दुई युवालाई पक्राऊ गरेको छ ।


श्याम राई, उदयपुर   गाईघाट, १५ असोज | रातो तारा डट कम,त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा पसलगरि बस्ने राजन राईलाई हामी सिआईडी प्रहरी हु भन्दै धम्काएर नगद २० हजार एक थान मोवाईल र मुक्तिनाथ बैंकको चेकमा ५० हजार लेख्न लगाएर लुटपात गरि मोटरसाईकलमा फरार उदयपुरको रौतामाई गाउँपालिका–७ बस्ने २३ वर्षिय दिलिप भन्ने दिपेश मगर र त्रियुगा नगरपालिका–१२ का ३३ वर्षिय संतोष चौधरी शनीबार पक्राऊ परेको प्रहरीले जनाएको छ ।

शुक्रबार राती भएको उक्त घटनापछि विशेष टोली बनाएर उनीहरुलाई रौतामाई गाउँपालिका–७ मुर्कुचीबाट पक्राऊ गरिएको एसपी ज्ञानेन्द्र फूयालले बताए ।

प्रहरीले उनीहरुको साथबाट स ३ प.९१५५ नम्बरको मोटरसाईकल, केही नगद र चेक बरामद गरेको छ । उनीहरु विरुद्ध अदालतबाट अपराधिक लाभ लिन नहुने मुद्दामा जरुरी पक्राऊ पूर्जिको अनुमती लिई थप अनुसन्धान भैरहेको एस.पी. फूयालले बताए ।

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.