Websoft University

विराटनगरमा सचेतनामूलक साइकल ¥याली


विराटनगर असोज १५ गते | रातो तारा डट कम, दिगो विकास इन्स्चिच्यूटसहितका १२ वटा संस्थाको आयोजनामा आज विराटनगरमा साइकल ¥याली निकालिएको छ ।

¥यालीको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नु भएको थियो । विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको ¥यालीले महेन्द्रचोक, शनि मन्दिर, बिजुली अफिस, डिएसपी रोड, गोल्छाचोक, जिल्ला प्रशासन, हस्पिटल चोक, ट्राफिक चोक हुँदै रोडशेष चोक पुगेर पुनः हिमालय रोडमै आएर समापन भएको थियो । 

खनिजजन्य ऊर्जाको खपत कम गरी नविकरणीय ऊर्जाको खपत बढाउने उद्देश्यले ¥यालीको आयोजना गरेको आयोजकको भनाइ छ । ¥यालीले सचेतना फैलाउन मद्दत पुग्ने विश्वास लिएको आयोजकले बताएको छ । कार्यक्रममा मेयर कोइरालाले सबैले विद्युतीय सवारीको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युतीय सवारीको दर्तामा महानगरले छुटको समेत व्यवस्था मिलाएको उल्लेख गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.