Websoft University

वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा प्रदान


विराटनगर असोज १५ गते | रातो तारा डट कम,  ३२ औं ज्येष्ठ नागरिक दिवसको अवसरको अवसर पारेर विराटनगर महानगरपालिकाले विराटेश्वर वृद्धाश्रमका ज्जेष्ठ नागरिकलाई पोषण खानेकुरा प्रदान गरेको छ ।

महानगरको अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललाई पोषण खानेकुरा प्रदान गर्नुभयो । आश्रममा रहेका ५२ जनाला वृद्धवृद्धाका लागि महानगरले हर्लिक्स, महलगायतका पोषण खानेकुरा वितरण गरेको हो । सो अवसर मेयर कोइरालाले वृद्धाश्रम सञ्चालनका लागि महानगरले सहयोग गरिरहेको बताउनुभयो । 

हरेक व्यक्ति जीवनमा एकपटक ज्येष्ठ नागरिक हुने बताउँदै उहाँले ज्येष्ठ नागरिकको सम्मानमा महानगर पछि नपर्ने उल्लेख गर्नुभयो । कोइरालाले आश्रमका लागि आवश्यक पर्ने अन्य सहयोगसमेत भविष्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । 

त्यस्तै वडाध्यक्ष राम पोखरेलले पनि आश्रमका लागि चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सो अवसरमा मेयर कोइरालाले आश्रम परिसरमा निमको विरुवासमेत रोप्नु भएको थियो । कार्यक्रममा अपाङ्ग तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहोनी, आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.