Websoft University

ज्येष्ठ नागरिकहरु सम्मानित


विराटनगर असोज १५ गते | रातो तारा डट कम, विराटनगर–३ स्थित हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

३२ औं ज्येष्ठ नागरिक दिवसको अवसरको अवसर पारेर समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा समाजले विराटनगर–३ का ९० वर्षीय शिवप्रसाद उपाध्याय काफ्ले, बूढीगंगा–१ का छविलाल रेग्मी, विराटनगर–१ की ८८ वर्षीया हिमादेवी घिमिरे र वडा नम्बर ३ की ९० वर्षीया जगमाया कालाखेतीलाई सम्मान गरेको हो । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष जिवेन्द्रराज घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश अधिकारीलगायतले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिकका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महानगरले ज्येष्ठ नागरिकको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइसकेको जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.