Websoft University

चाँडै कालिन्जोरको खानेपानीको समस्या समाधान हुन्छ : ईश्वरपुर नगरपालिकाका मेयर आचार्य


मनिष दाहाल, सर्लाही । मधेश प्रदेशको मुटु मानिने ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले नगरपालिका अन्तर्गतको कालिन्जोर वडा नं. १२ घारिबथान तपोवन रहेको बताएका छन् । शुक्रवार वडा कार्यालयको आँगनमा भएको एकदिने एकिकृत स्वास्थ्य शिविरमा आफ्नो धारणा राख्ने क्रममा उनले घारिबथानलाई आफूले तपोवन र बुद्धाभूमि भन्ने गरेको बताए । यो क्षेत्रको विकासका लागि आफू सधैं सकारात्मक र गम्भीर रहेको उनको भनाई छ ।
 

उनले ईश्वरपुर नगरपालिका जनताको स्वास्थ्यप्रति गम्भीर रहेको र ‘स्वास्थ्य नै धन हो’ भन्ने आफ्नो सोचलाई प्रभावकारी बनाउनका लागि प्रयास गरिरहेको बताएका छन् । उनले भने, ‘दशैं अगाडि मैले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भनेर एउटा अभियान थालेको थिएँ । जसअनुरुप कालिन्जोरमा भलिबल प्रतियोगिता आयोजना भयो । त्यसबेला मैले दशैंपछि कालिन्जोरबासीलाई फेरि भेट्न आउँछु भनेर वाचा गरेको थिएँ । त्यही वाचा पूरा गर्न यसपटक स्वास्थ्य शिविरमार्फत् आएको छु ।’ 

आर्थिक अभावले चिकित्सक र अस्पतालको पहुँचसम्म पुग्न नसकेर रोग दबाएर बस्न बाध्य कालिन्जोरका जनतालाई सहानुभूति र उपचारको पहुँच पुर्‍याउन स्वास्थ्य शिविर नगरपालिकाको एउटा सानो प्रयास रहेको बताउँदै मेयर आचार्यले कालिन्जोरमा स्वास्थ्य शिविर पटक-पटक गर्ने पनि प्रतिवद्धता जनाए ।  

‘मैले विभिन्न नेता तथा स्थानीय महिलाहरुसँग बुझ्दा यस क्षेत्रका महिलाहरुको सबैभन्दा टड्कारो समस्या भनेको आङ झर्ने र पाठेघर सम्बन्धि रहेछ । यो समस्यालाई न्यूनिकरण गर्नका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो,’ उनले अगाडि भने, ‘जनप्रतिनिधिहरु जनताको स्वास्थ्यप्रति पनि गम्भीर हुन्छन् भन्ने कुरा बुझाउनका लागि पनि यो शिविर आयोजना भएको हो ।’ 

उनले घारिबथानलाई चिनाउनका लागि आफूले प्रयास गरिरहेको पनि बताएका छन् । 
कालिन्जोरमा सबैभन्दा टड्कारो समस्या खानेपानीको रहेको र यसको समाधानका लागि नगरपालिकाले प्रयास गरिरहेको मेयर आचार्यले बताए । कालिन्जोरमा पानी निकाल्नका लागि लाग्ने खर्चको पनि जोहो भइकेको र चाँडै खानेपानी सहज हुने उनको विश्वास छ । २०८० को बजेटमा कालिन्जोरमा खानेपानीको समस्या समाधान हुने गरी बजेट पनि विनियोजन गरिने उनले वाचा गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.