Websoft University

साना किसान कृषि सहकारी संस्था बेलबारीको १६औं वार्षिक साधारण सभा सम्पन्न


शिव भट्टराई-कार्तिक ४ गते शुक्रबार | रातो तारा डट कम,मोरंगको बेलबारी नगरपालिका वडा नं १ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सदस्य किसानहरुको समस्या हल गर्ने तथा  सिप र पूजीको ब्यबस्था मिलाई ब्यबसायिक बनाई आत्मनिर्भर बन्न जोड दिएका छन्।

संस्थाले आर्थिक बर्षमा १ करोड ९६ लाख ३१ हजार ९ सय ८० ब्याज असुली, ११ करोड ४४ लाख ऋण लगानी गरेको छ। संस्थाको शेयर पुॅजी १ करोड २४ लाख ५०  हजार र सदस्य संख्या १ हजार ६५ रहेको प्रतिबेदनमा उल्लेख छ।  संस्थाले यस बर्ष खुद बचत ४२ लाख ५५ हजार आर्जन गरेको छ भने कुल निक्षेप ७ करोड ६० लाख ४१ हजार रहेको छ।  


कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका नगर प्रमुख दिल प्रसाद राईले कार्यक्रम उद्घाटन गर्दै  सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि साना किसान कृषि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेकोमा प्रसंशा गरेका छन् ।

कार्यक्रममा उत्कृष्ट बचत कर्ता , उत्कृष्ट समुह , आफ्नै ठाउँमा कृषि पेशा अङ्गाल्दै  उत्कृष्ट किसान, जेहन्दार बिधार्थी तथा जेष्ठ  सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो ।उक्त अवसरमा साना किसान विकास लगुभित्त वित्तीय संस्था लि इलाका कार्यालय इटहरीका इलाका प्रबन्धक दिपक राज पाण्डे, नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य खगेन्द्र राज भण्डारी तथा मोरंग जिल्ला कृषि सहकारी संघका अध्यक्ष रबिन्द्र आचार्य लगायतले संस्थाको सफलताको शुभकामना ब्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.