Websoft University

कक्षा ११ र १२ का विद्यार्थीहरुका निम्ति एमविविएस, इन्जिनियरिङका अतिरिक्त कक्षाहरु सञ्चालन


विराटनगर कातिक ४ गते । रातो तारा डट कम, विराटनगर – ९ स्थित भानु कलेजले दशैं र तिहार बिचको समयलाई सदुपयोग गर्दै कक्षा ११ र १२ का विद्यार्थीहरुका निम्ति एमविविएस, इन्जिनियरिङका अतिरिक्त कक्षाहरु सञ्चालन गरेको छ ।

तीन चरणमा लिइएको मोक परिक्षा असोज २६ गते, ३० गते र कार्तिक ४ गते भएको थियो । भानु कलेजको आफ्नै सफ्वेयरमार्पmत अनलाइन माध्यमवाट संचालन भएका मोक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विशेष कार्यक्रममा पुरस्कृत गरिने कलेजले जानकारी गराएको छ ।

विदाको समयमा घरमैबसी–बसी कलेजले संचालन गरेको परीक्षामा सहभागी हुन पाउँदा विद्यार्थीहरुले पढई प्रति थप उत्साहित भएको महसुस गरेका छन् भने छोराछोरीहरुका भविष्य प्रति जिम्मेवार भई कलेजले परीक्षा लिइएकोमाअभिभावकहरु सन्तुष्ट रहेकोअभिभावकहरुबताउँछन् ।

 आगामी दिनहरुमा पनि विद्यार्थीहरुको प्राज्ञिक उन्नयनका निम्ति यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.