Websoft University

दमकको इन्द्रेणी ताललाई प्रवद्र्धन गर्न सहासी खेल एड्भेन्चर कोम्बो आयेजना गरिँदै


दमक  असोज २८ गते | रातो तारा डट कम,झापाको दमक १० स्थित इन्द्रेणी तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रमको रूपमा सहासिक खेल ‘एड्भेन्चर कोम्बो सहित विभिन्न इभेन्ट आयोजना गर्न लागिएको छ ।

इन्द्रेणी तालको पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धन र स्वरोजगार वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिने इभेन्टमा एड्भेन्चर कम्बोसहित म्याराथन दौड, पौडी र बेलुन टप समावेश हुने आयोजक इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समिति दमक १० ले शुक्रबार पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो ।

एड्भेन्चर कम्बोका विजेताले नगद ५० हजार प्राप्त गर्ने छन् भने अन्य इभेन्टका विजेताले १०÷१० हजार नगल पुरस्कार प्राप्त गर्ने छन् ।

पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा थ्रीडी भिजुअल प्रस्तुतिसहित एड्भेन्चर कोम्बो बारे जानकारी गराइएको थियो । 

कार्तिक ३ गते इभेन्टको औपचारिक सुरुवात हुनेछ भने चाडपर्व र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र आवश्यक सुरक्षा स्थितिका कारण आगमी मंसिर १० देखि १४ गतेसम्म सम्पन्न गरिने इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

करिब २० खाल खर्च हुने इभेन्ट आयोजनाका लागि सरकारी तथा स्थानीय दाताहरुबाट सहयोग संकलन गरिने समितिले जनाएको छ ।

समितिका सदस्य बिनोद न्यौपानेले प्रस्तुत गरेको थ्रीडी भिजुअलमा जनाइए अनुसार ‘एड्भेन्चर कोम्बो इभेन्ट अन्तर्गत सहभागीले ५ मिनेट समयमा ३० मिटर बनाना ट्री रन, ९० मिटर साइकिलिङ रन, २० मिटर मङ्की वाक, ३० मिटर वेट क्यारी (पुरुष ५० र महिला ४० केजी), बेलुन कलेक्सन २० मिटर, जिपलाइन ७० मिटर, हिल क्लाइम्ब, बम्बो वाक, बोट क्रावलिङ, टेबल रन ३० मिटर र बर्जर हिट चरण पार गर्नुपर्ने छ । 

व्यवसायिक र सर्वसाधारण खेलाडीले सहभागी हुन सक्ने ‘एड्भेन्चर कोम्बो इभेन्टमा सहभागी हुन १ हजार शुल्क तोकिएको छ भने अन्य इभेन्टका लागि म्याराथन बाहेक ५ सय शुल्क बुझाउनु पर्नेछ ।

इभेन्टअन्तर्गत विर्तामोडदेखि पश्चिम इटहरीसम्मका साहसी खेलका खेलाडी र खेल प्रेमीलगायत अन्य आन्तरिक पर्यटकहरु गरी करिब डेढ लाख मानिस सहभागी हुने आयोजकले अनुमान गरेको छ ।

इन्द्रेणी तालमा जारी भौतिक निर्माण कार्य अन्तिम चरणमा

इन्द्रेणी तालमा जारी भौतिक निर्माण कार्य ८० देखि ८५ प्रतिशत पूरा भएको इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १ करोड ९० लाख बजेट विनियोजित भएकोमा दमक नगरपालिकाले आह्वान गरेको टेण्डर प्रक्रियामा अग्नि एण्ड सन्सले १ करोड १३ लाख ७१ हजार २ सय ९१ रूपैयाँ ८३ पैसामा २०७८ बेशाख २४ गते ठेक्का पारेको थियो ।

हाल सो क्षेत्रमा बाटो निर्माण, ताल वरिपरी घेराबाराका लागि पिलर निर्माण, ओभर ब्रिज (स्टिल र सिमेन्ट) निर्माण, ४ वटा बेली ब्रिज निर्माण कार्य सकिएको समितिका अध्यक्ष राईले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.