Websoft University

डा सुनिद शर्माले सुरु गरे घरदैलो अभियान


बिराटनगर असोज २८ गते | रातो तारा डट कम,मोरङ क्षेत्र नम्बर ३ मा  नेपाली कांग्रेसका तर्फबाट गठवन्धनका प्रतिनिधिसभाका साझ उम्मेद्वार डा सुनिल शर्माले शुक्रवारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन । मोरङ क्षेत्रनम्बर ३ ख का उम्मेद्वार लक्ष्मिकुमार श्रेष्ठ सहितका नेताहरुपनि घरदैलो कार्यक्रममा सहभागि भएका थिए । गठवन्धनले क्षेत्रनम्बर ३ मा सुन्दर हरैचा नगरपालिकाको १० नम्बर वाडा घरदैलो अभियान सुरु गरेका हुन ।

गठवन्धन आवद्द सवै दलका नेताहरु घरदैलो अभियानमा सहभागि भएका थिए । विहिवार मात्र गठवन्धन आवद्ध दलहरुले संयुत्त विज्ञप्ती जारी गर्दा मोरङ क्षेत्रनम्बर ३ मा गठवन्धन अवाद्द उम्मेद्वार विजय गराउन अपिल गरेका थिए ।

अभियानको क्रममा प्रतिनिधिसभाका उम्मेद्वार शर्माले गठवन्धन उम्मेद्वारहरुलाइ भोट दिए जनताको भोट खेर जान नदिने र पुरै इमान्दारिता पुर्वको क्षेत्रको विकाशमा लाग्ने प्रतिवद्दता जनाएका थिए । घरदैलो कार्यक्रममा उम्मेद्वारहरुले यस क्षेत्रको विकाश, शिक्षको सुधार , स्वास्थ्य देखि पुर्वाधार विकाशका विषयमा आफुहरुसंग प्रष्ट खाका रहेको र यीनै योजना कार्यन्वयन गर्नपनि आफुहरुलाइ भोट दिन जनतासंग आग्रह गरेका थिए |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.