Websoft University

छठ पर्वलाई ध्यानमा राखेर महानगरको पहलमा नहर सफाई


विराटनगर असोज २९ गते | रातो तारा डट कम, छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहरको सफाई सुरु गरेको छ ।

सुनसरी–मोरङ सिंचाई आयोजनाको सहकार्यमा महानगरले नहरको सफाई सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । हरेक दिन दुईवटा जेसीवीले नहर सफाई गरिरहेका छन् ।

बिहान ६ बजेदेखि नै सफाई सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । एउटा जेसीवीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ । लामो समयदेखि नहर सफा भएको थिएन । मेयर कोइरालाको पहलमा नहर सफाईलाई तीव्रता दिइएको छ । छठ पर्वमा भक्तजनहरुले नहरमा मण्डप बनाएर पूजा गर्ने गरेका छन् । सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ । हरेक शुक्रबार महानगर सफाई विशेष अभियान पनि सञ्चालन भइरहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.