Websoft University

मुलुकलाई अधोगति तर्फ लैजादै गरेको गठबन्धन सहितको परमादेशी सरकारलाई यस निर्वाचनवाट एमालेले पाखा लगाउने- ओली


दमक ,असोज २३ गते रातो तारा डट कम,मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेपाली जनताले मुलुक र मुलुकवासीको हितका लागि ठूलो फैसला गर्नु पर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।

झापाको दमक स्थित निर्वाचन अधिकृतको कार्यालय दमक नगर पालिकामा प्रतिनिधि सभा सदस्य निर्वाचन  क्षेत्र न. ५ को उम्मेदवारी दर्ता गराएर आएपछि  संघीय निर्वाचन मुल परिचालन समिति क्षेत्र न.५ झापाले आज दमकमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । 


 अहिले मुलुकलाई अधोगति तर्फ लैजादै गरेको गठबन्धन सहितको परमादेशी सरकारलाई यस निर्वाचनवाट एमालेको सुर्य चिन्हमा मतदान गरी पाखा लगाउनु पर्ने अध्यक्ष ओलीले बताउनु भएको छ । १५ महिनामा देशलाई बरवादी तर्फ लैजाने गठबन्धन दल सहितको परमादेशको सरकारलाई विदा गर्न आममतदाताका् सक्रियताको आवश्यकता रहेको उहाँले बताउनु भयो । गुमेको भूमि सामेल गरेर नेपालको नक्सा जारी गर्ने ,देशभक्ती ,शान्ति ,शुशासन ,विकास प्रेमी पार्टीलाई मतदान गरी बहुमत दिन  पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता ओलीले आब्हान गर्न भयो । 

एमालेलाई चौतफी घेराबन्दी भइरहदा पनि राप्रपासंग केही स्थानमा तालमेल गरेको पनि उहाँले जानकारी दिनु भयो । ओलीले उम्मेदवारी दर्ता गरेर वाहिरीएपछि पत्रकारहरुसंग कुरा गर्दै सुखी नेपाली समृद्ध नेपालको अभियान  पुरा गर्न आफुनो उम्मेदवारी रहेको बताउनु भएको थियो ।ओली यस अघि पनि यसै निर्वाचन क्षेत्रवाट निर्वाचनमा ५७ हजार १सय ३९ मत ल्याएर साँसद बन्नु भएको थियो । यस पटक पनि एमालेलेउहाँलाई  भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ ।  उहाँका प्रतिद्धन्दी नेपाली काग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २सय ९७ मत ल्याएका थिए । मुल समिति संयोजक तथा पार्टीको पोलीटब्युरो सदस्य देवेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य गोपाल पौडेलले पनि बोल्नु भएको थियो। 

उम्मेदवारी दर्ता गर्दा अध्यक्ष ओलीको प्रस्तावकहरुमा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्विका खनाल  रहनु भएको निर्वाचन अधिकृतको कार्यालय दमकका निर्वाचन अधिृकत डम्वर काफलेले जानकारी दिनु भयो । 

 झापाको क्षेत्र न. ५को क मा प्रदेश सभा सदस्य पदमा पार्टीका स्यायी कमिटी सदस्य हिक्मत कार्की र प्रदेश ख मा पार्टीकै १ न. प्रदेश सचिवालय सदस्य होम बहादुर थापाले निर्वाचन अधिकृतको कार्यालय दमकमा  अध्यक्ष ओलीसंगै उम्मेदवारी दर्ता गराउनु भएको संघीय निर्वाचन मुल परिचालन समिति क्षेत्र न.५ झापाका सचिव तुलसी कार्कीले बताउनु भयो  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.