Websoft University

सुन्दरहरैंचामा दुर्घटना हुँदा १ जनाको मृत्यु एक जना गम्भीर घाइते ।

 


मोरङ | रातो तारा डट कम  मोरङको सुन्दरहरैंचा वार्ड नं ८ चिउरामिल स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु एक जना गम्भीर घाइते भएका छन्। आईतबार साँझ अन्दाजी ६:४० बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ च ५२२० नं.को कार र बिपरित दिशाबाट जादै गरेको बा.प्रदेश-०२-०२९ प ८१५४ नं को मोटरसाइकल संग ठक्कर खाई दुर्घटना हुँदा बाइकमा सवार २ जना पुरुष गम्भीर घाइते भएका थिए। घाइतेको उपचारको लागि विराटनगर नोबेल अस्पताल पुर्याउन साथ मोटरसाइकल चालक जि.मो. बेलबारी २ बस्ने बर्ष ४५ को किरण बराईलिको मृत्यु भएको र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने बर्ष ४३ को गोबिन्द बिकको टाउकोमा गम्भिर चोट लागि बिराटनगर स्थित नोबलमा उपचार भइरहेको त्यसैगरी दुबै सवारी साधन र कार चालक झापा दमक न.पा.-१ बस्ने अन्दाजी बर्ष-४५ को मिलन चौहान इलाका प्रहरी कार्यालय बिराटचोकको नियन्त्रणमा रहेको प्रदेश नं १ ट्राफीक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.