Websoft University

महानगरले कौसी र करेसाबारी खेतीलाई प्रोत्साहित गर्छ ः मेयर कोइराला


विराटनगर असोज ३१ गते | रातो तारा डट कम,विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बढ्दो आयातलाई प्रतिस्थापन गर्न कृषिजन्य वस्तुको उत्पादनलाई बढाउनुपर्नेमा जोड दिएका छन् । 

मेयर कोइरालाले सहरी क्षेत्रमा समेत कौसी खेती गरेर आयात घटाउन सकिने विचार राखे । दिगो विकास इन्स्टिच्यूटले विराटनगरमा आयोजना गरेको रैथाने खाद्य तथा कृषि मेलाको उद्घाटन समारोहलाई सम्बोधन गदैै मेयर कोइरालाले विराटनगर महानगरले समेत कौसी खेतीलाई प्रोत्साहित गर्ने नीति लिएको उल्लेख गरे । “हामी कस्तोसम्म भएछौं भने धनियाको पत्तासमेत आयातमा निर्भर हुन थालेछौं । यी वस्तु त कौसी र करेसाबारीमै पनि उत्पादन गर्न सकिन्छ,” मेयर कोइरालाले भने, “सबैले कौसी र करेसाबारीमा तरकारी उत्पादन गर्ने हो भने वार्षिक रुपमा आयात भइरहेको १७ अर्बको तरकारी आयातलाई प्रतिस्थापन गर्न सकिन्छ ।” 

मेयर कोइरालाले गत आर्थिक वर्ष ५५ अर्बको चामल र १७ अर्बको तरकारी मात्रै आयात भएको बताउँदै कौसी र करेसाबारी खेतीबाट तरकारीको आयात घटाउन सकिने उनको भनाइ थियो । उनले वार्षिक रुपमा १ करोडभन्दा बढीको फर्सीको बिउ आयात भएको तथ्यांक प्रस्तुत गर्दै फर्सी, कांक्रो, च्याउ, सिमी, मकै, गहुँको बिउमा समेत आयातमा भर पर्नु मुलुकका लागि विडम्बना भएको बताए । कोइरालाले कृषि नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । मेयर कोइरालाले महानगरले कृषि र गैरकृषि क्षेत्र छुट्याउने काम गरिरहेको जानकारी दिए । “महानगरले वडास्तरबाटै कृषि र गैरकृषि क्षेत्र छुट्याउने काम गरिरहेको छ,” मेयर कोइरालाले भने । 

कार्यक्रममा प्रदेश–१ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, खाद्यका लागि कृषि अभियानका संस्थापक अध्यक्ष उद्धव अधिकारी र राष्ट्रिय कृषक महासंघ प्रदेश–१ की उपाध्यक्ष अम्विका खतिवडासित अन्तरसंवादसमेत गरिएको थियो । उनीहरूले कृषि उत्पादन वृद्धिका लागि तीनै तहको सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । दिगो विकासका जलवायु कार्यक्रम निर्देशक प्रयास अधिकारीले अन्तरसंवादको सहजीकरण गरेका थिए । एकदिने मेलामा मुस्लिम, साह, ब्राम्हण, नेवारी थारुलगायत जातिका खाद्यन्नका स्टल राखिएको थियो । त्यसैगरी रैथाने बिऊ, चम्सुर, फापर, कोदो, तोरीको मह, घिउ लगायतको पनि स्टल राखिएको थियो । रैथाने बालीको संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको आयोजना संस्था दिगो विकास इन्स्टिच्यूटकी प्रदेश संयोजक पूजा विश्वासले जानकारी दिइन् । सो अवसरमा विभिन्न गी र नृत्यसमेत प्रस्तुत गरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.