Websoft University

६७ औं प्रहरी दिवस २०७९ संखुवासभामा


मोहन कुमार राई ÷ संखुवासभा, असोज ३१ गते | रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय संखुवासभाले विभिन्न कार्यक्रमका साथ ६७ औं प्रहरी दिवस सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यलय संखुवासभाको खाँदवारीमा सम्पन्न प्रहरी दिवसको अवसरमा समाजमा शान्ति सुरक्षा स्थापनार्थ प्रहरी कार्यलयको स्थापनाको  अनिवार्यता र अपरिहार्य महशुस गरी विभिन्न विधामा सहयोग प¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।


सोमबार प्रहरी दिवसको अवसरमा शान्ति सुरक्षाको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई कार्यक्रमका विशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी संखुवासभाका विरेन्द्र कुमार यादवद्वारा दोसल्ला ओडाएर सम्मान गरिएको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय संखुवासभालाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउनुहुने मिडिया संस्था रेडियो संखुवासभा, खाँदवारी एफएम, तथा होटल स्वागतलाई  कदरपत्रद्वारा विशिष्ट अतिथि  एवं खाँदवारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाद्धारा सम्मान गरिएको थियो । यसै गरी प्रहरी कार्यालयलाई जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई समेत कदरपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

प्रहरी दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं संखुवासभा जिल्ला अदालत, चैनपुरका माननीय जिल्ला न्यायाधीश टेकनाथ गौतमबाट शुभकामना मन्तव्य दिनुहुँदै नेपाल प्रहरीले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु, रोकथापममूलक कार्यक्रमहरु, कानुनको उल्लघन गर्नेलाई कानुनको दायरामा ल्याउन अनुसन्धानमूलक कार्यक्रमहरु मुख्य रुपमा गरिआएको पाइन्छ । जनताको शुख वा दुःखमा कुनै न कुनै रुपमा नेपाल पहरी जोडिएको पाइन्छ । तपाई प्रहरीहरु नेपाल प्रहरीको सेवाको माध्यमबाट जनतालाई सेवा दिने स्थानमा भएकाले यो अवसरको भरपूर उपयोग गर्नुहोस भन्नुभयो । जिल्ला न्यायाधीश गौतमले जनताको विश्वासिलो सारथी वन्न, जनताको मनमनमा वस्न सफल वन्न , अपराध अनुसन्धानको कार्यलाई निश्पक्ष एवं अझ प्रभावकारी वनाउन सफल हुनुहोस भन्ने शुभकामना दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवं जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदाबाट मन्तव्यको क्रममा आजको दिन संगठनको श्रीवृद्धि को लागि अमुल्य योग्दान पु¥याउनुहुने समस्त पूर्व प्रहरी अधिकृत एवं प्रहरी जवानलाई स्मरण गर्ने दिनको रुप्मा स्मरण गर्नुहुँदै कर्तव्यको क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुहुने अमर प्रहरीका आदणीय परिवारजनको उपस्थितिले हामीलाई अम्मर प्रहरीको त्यागको वलिदनको स्मरण गराएको वताउनुभयो । उहाहरुको बहादुरी र सहदातले आज दृढ भएर कर्तव्यमा केन्द्रित हुन हामी सबैलाई प्रेरित गरेको समेत पहरी नायव उपरीक्षक गोदारले वताउनुभयो । संगठनमा आवद्ध रहदा आफ्नो प्रयोजनलाई पारिवारीक सुखलाई भन्दा कर्तव्य पुरा गर्ने उत्साहित एवं उत्प्रेरित गर्नुहुने अमर प्रहरीका आदरणिय परिवारजन प्रति श्रद्धासुमन व्यक्त गर्दै आागामी मंसिर ४ मा सम्पन्न हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन उच्च मनोवलका साथ निस्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्नु सबै प्रहरी कर्मचारीको दाइत्व रहेको वताउनुभयो । सकल दर्जाका प्रहरी कर्मचारीलाई उत्साहीत एवं कटिवद्धता भई जिम्मेवारी पुरा गर्न निर्देशन समेत गर्नुभयो ।

यसै गरी कार्यक्रममा खाँदवारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया, पूर्व प्रहरी संगठन जिल्ला अध्यक्ष पूर्व प्रहरी नायव निरीक्षक वीरबहादुर कार्की, ब्रम कुमारी राजयोग संखुवासभाका प्रमुख रचना अधिकारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरुलाई मायाको चिनो समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गोदारबाट प्रदान गरिएको थियो ।

प्रहरी दिवस कार्यक्रममा जिल्ला स्थित सरकारी सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकमी, समाजसेवी, लगायतको उपस्थिति रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.