Websoft University

|महिला साना किसान कृषि सहकारी संस्थाको १९ औं बार्षिक साधरण सभा सम्पन्न ।

 


शिव भट्टराई-मोरङ असोज ३१ गते सोमबार,|महिला साना किसान कृषि सहकारी संस्थाको १९ औं बार्षिक साधरण सभा सम्पन्न ।

मोरङको मोतिपुर स्थित ग्रामथानमा महिला साना किसान कृषि सहकारी संस्थाले आफ्नो १९ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ। सोमबार सम्पन्न भएको साधारण सभामा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रवीन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाकी अध्यक्ष प्रमिता देवी चौधरीको अध्यक्षता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले केही समय अगाडि विभिन्न समस्याको कारण संस्थाको गतिविधि खच्किए पनि पछिल्लो चरणमा यस संस्थाले केही गति लिएको र यहाँ हुने मल बिउको समस्या साथै आन्तरिक लेखा सम्बन्धि समस्या लगायत विभिन्न समस्यालाई हल गर्न र यस संस्थालाई स्थिर रूपमा अगाडि बढाउन जिल्ला कृषि सहकारी संघ र केन्द्रीय कृषि सहकारी संघले साथ सहयोग दिँदै आइरहेको बताएका छन्।

उक्त साधारण सभामा विशिष्ठ अतिथि कृषि विकास बैंकका प्रतिनिधि सुरश्याम माझी, सञ्जालका अध्यक्ष विजय कु सरदार ,नारी कल्याणका सञ्चालक ललिता चौधरी साथै नारी कल्याणकै प्रतिनिधि फुलो खवास लगायत विभिन्न सहकारीकर्मीहरु को उपस्थिति रहेको थियो। 

साधारण सभाको अवसरमा संस्थाले असल बाल बचत गरे बापत १ जनालाई र असल बचत कर्ताको तर्फबाट टिका माया काफ्ले, सारदा निरौला, सावित्रा नेपाल, सारदा देवी श्रेष्ठ, लिला देवी ढुंगाना, उर्मिला पोख्रेल र मोहन कुमारी कार्की गरी ७ जनालाई पुरस्कार बितरण गरिएको थियो भने महिला सेयर सदस्य रहेको यस संस्थाले हाल सम्म ५०० भन्दा बढी सेयर सदस्य बनाउन सफल भएको छ।

संस्थाकी प्रबन्धक टिका देवी खतिवडाले 

मल विउको समस्या रहेकोले राज्य सँग अनुदानको माग गरेकी थिइन् भने उक्त साधारण सभा लेखा समिति सदस्य अरगवती गच्छदारले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.