Websoft University

बसाहमा बंगुर अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी हुदै,

 


श्याम राई, उदयपुर- गाईघाट, २५ भदौ | रातो तारा डट कम,नेपाल कृषि अनुसन्धान परिषद् ( नार्क ) ले उदयपुरको चौढण्डीगढी नगरपालिका–४ बसाहमा बंगुर अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

नार्कका पशु तथा मत्स्य विभाग निर्देशक डा. दोजराज खनालको संयोगकत्वमा गठित विज्ञ समूहको टोलीले शनीबार बंगुर अनुसन्धान केन्द्र स्थापना गरिने बसाहाको मकम डाँडाको स्थलगत अवलोकन गरेको हो ।

बंगुर अनुसन्धान केन्द्रको लागि चौढण्डीगढी नपा–४ स्थित दक्षिण तर्फ जाल्पा माध्यमिक विद्यालय उत्तर–पूर्वमा मकम डाँडा टोल विकास संस्था र पश्चिम मेन लाईन मगरडाँडा टोल विकास संस्था क्षेत्र भित्रको १९ रोपनी जग्गाको विज्ञ समूहको साथ मेयर कालुमान तामाङ्ग सहितको जन प्रतिनिधिहरुको टोलीले स्थलगत अवलोकन गरेका हुन् । विज्ञ टोलीले स्थलगत अवलोकन पछि तयार पार्ने प्रतिवदेनको आधारमा बंगुर अनुसन्धान केन्द्र स्थापना गरिने मेयर लामाले बताए ।

बंगुर अनुसन्धान केन्द्र स्थापना गरिए पश्चात सो केन्द्रबाट उन्नत जातको बंगुर उत्पादन हुने र उदयपुर सहित प्रदेश न. १ को पूवि जिल्लाहरुका बंगुर पालक किषानहरुलाई फाईदा पुग्ने मेयर लामाले बताए ।

 

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.