Websoft University

पत्रकार सरोज बस्नेत पुरस्कृत, पुरस्कारको रकम गुरुकुल पाठशालालाई


उर्लाबारी भाद्र २५ गते | रातो तारा डट कम, मोरङको उर्लाबारीका पत्रकार तथा पूर्वी कमाण्ड मिडियाप्रा.लि. का अध्यक्ष सरोज बस्नेत पुरस्कृतहुनुभएकोछ । 
आज सिद्देश्वर शिवबाबा धाम उर्लाबारीले सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष समेत रहनु भएका बस्नेतलाई पुरस्कृत गरेको हो । धामको दोस्रो चुनावी साधारणसभाको अवसरमा बस्नेतलाई सिद्देश्वर युवा पत्रकार पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेलले पत्रकार बस्नेतलाई सम्मान पत्रसहित नगद प्रदान गर्नुभयो ।  पत्रकार बस्नेतले पुरस्कार वापत पाएको ३ हजार १ सय रुपैयाँ सिद्देश्वर शिव बाबा धाममै सञ्चालनमा रहेकोे गुरुकुल पाठशालालाई प्रदान गर्नुभएको छ । बस्नेतले यसअघि उर्लाबारी उद्योग बाणिज्य संघबाट प्राप्त पुरस्कार वापतको रकम उर्लाबारी–४ को दृष्टीविहीन होमबहादुर बयलकोटीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.