Websoft University

भट्टराई कुलवंश प्रतिष्ठान विराटनगर महानगर समितिले गर्यो शुभकामाना आदान प्रदान कार्यक्रम


मोरङ भदौ २५ गते शनिबार, शिव भट्टराई| रातो तरा डट कम,हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडा दशैं शुभ दिपावली तथा छठ पर्वको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिले दशैं तिहार विशेष शुभकामना आदानप्रदान तथा नगर भेला कार्यक्रम सम्पन्न गरेको छ । भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिका अध्यक्ष रमानाथ भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेर बहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले शुभकामना मन्तव्य राख्दै महनगरसमितीलाई जीवन्त राख्न नडराई हिम्मतका साथ अगाडी बढ्न आग्रह गर्दै कुल देवताले रक्षा गरून् भन्दै उन्नति प्रगतिको शुभकामना व्यक्त गरेका थिए। 

कार्यक्रममा विशिष्ठ अतिथि भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष दिनेश भट्टराई, भट्टराई सेवा समाजका उपाध्यक्ष सिरोमनी भट्टराई,भट्टराई कुल वंश प्रतिष्ठानका महासचिव जिवराज भट्टराई, कोषाध्यक्ष मनोज कुमार भट्टराई, केन्द्रीय सदस्य बद्री प्रसाद भट्टराई, कृष्ण बहादुर भट्टराई, राजेश कुमार भट्टराई लगायत जिल्ला तथा प्रदेश प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए। समग्र नेपाली तथा विश्वभरि छरिएर रहेका भट्टराई बन्धुहरुको शुख शान्ति तथा प्रगतिको कामना गर्दै जहाँ रहेपनि भट्टराई बन्धुहरु सबै एक हुन् भन्दै बन्धुत्वको भावना लिएर अगाडि बढ्नु पर्ने भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिका उपाध्यक्ष तेज बहादुर भट्टराईले बताएका छन्।


त्यसैगरी सोही कार्यक्रममा महिला भट्टराई बन्धुहरुको महिला छोरी बुहारी सञ्जाल गठन गरिएको थियो। कार्यक्रममा पार्वता घिमिरे भट्टराईको नेतृत्वमा ३१ जनाको समिति गठन गरिएको थियो भने सो कार्यक्रम भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिका सचिव परासर भट्टराईले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.