Websoft University

बलाहा बचत तथा ऋण सहकारी संस्थाको सधाराण सभा सम्पन्न


सुनसरी भाद्र २५ गते | रातो तारा डट कम, सहकारी क्षेत्रमा १० वर्षदेखी सकृय रहेको सुनसरीको इनरुवा नगरपालिका ५ बलाहाको बलाहा बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक सधाराण सभा सम्पन्न भएको छ । बलाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभाले प्रस्ताव गरेको सवाल र आयव्यय पारित गरेको छ । शनिबार इनरुवामा भएको सभाले आर्थिक वर्ष ०७८÷०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

संस्थाले आव ०७८÷०७९ मा २७ हजार ३ सय ८८ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कार्यक्रमका संस्थाका अध्यक्ष तेज बिनोद रिजालले आफ्नो मन्तव्य राख्दै सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो । वहाँले दशौ वर्षसम्म संस्थालाई सफलता दिलाउनेहरुलाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष रिजालले आर्थिक वर्ष ०७८÷०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष नेत्र नारायण श्रेष्ठ, सदस्य इन्द्र बिनोद भट्टराई, रोहित चौधरी, रोशु प्रधान, गीता कुमारी चौधरी, अमिल ढकाल लेखा समितिका संयोजक रामनारायण चौधरी, सदस्य नेत्र प्रसाद भट्टराई, रंजिता श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

संस्थाले बलाहामा आफ्नो राम्रो पकड जमाएकाले २३५ महिला र २३४ पुरुष गरि ४६९ सेयर सदस्य रहेको छ । यसमा सेयर रकम ३४ लाख ५२ हजार ९०० रुपियाँ रहेको छ ।

 अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री

 सुनसरीको कोशी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । अपांगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत विभिन्न  सहायक सामग्री वितरण गरिएको  हो । कोशीमा आयोजित कार्यक्रममा टाईसाईकल ५ थान , ह्विल चियर ६ थान, टोवाईलेट चियर १० थान, एल स्टिक १२ थान, सीपी चियर ८ थान र स्टान्डिगं फर्मा ४ थान गरि ४५ थान विभिन्न सहायक सामग्री अपांगता भएका व्यक्तिलाई वितरण गरिएको हो ।

कार्यक्रममा ६ जनालाई ह्विलचियर, पाँचजनालाई ट्राइसाइकल, १२ जनालाई सेतोछडी र वैशाखी वितरण गरिएको कोशी गाउँपालिकाले जनाएको छ । अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री कोशीका उपाध्यक्ष अनितादेवी यादवले हस्तान्तरण गर्नुभएको कोशी सामाजिक शाखाका प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो ।

विभिन्न चरणमा भएका स्वास्थ्य शिविर तथा परिक्षण शिविर र गृहभेटबाट सिफारिस भएकाहरुलाई गाउँ पालिकाको कार्यालयले प्रदेश सरकार र करुणा फाउन्टेसनको सहयोगमा सामग्री वितरण गरिएको हो । अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण कार्यक्रमममा करुणा फाउन्टेसनको जिल्ला संयोजक भारती देव, कार्यक्रम संयोजक राजकिसोर मेहता, कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी , स्वास्थ्य संयोजक रितामाया मगर , सिबिआर सहजकर्ताहरु राजेश यादव, प्रमेश्वरी मण्डल, सिताराम साह र मिलिजुली समूहका अध्यक्ष जितेन्द्र साह सहितको उपस्थिती रहेको थियो ।

सिबिआर सहजकर्ताहरु राजेश यादव, प्रमेश्वरी मण्डल, सिताराम साह र मिलिजुली समूहका अध्यक्ष जितेन्द्र साह सहितकाले तालिममा सहजिकरण गर्नुभएको थियो ।

 १, सुनसरीको कोशी गाउँपालिकामा अपांगता भएका व्यक्तिलाई साहायक सामग्री वितरण गर्दै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.