Websoft University

सरफाई विशेष अभियानमा जनसहभागिता जुट्दै


विराटनगर भाद्र ३१ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले सुरु गरेको सरसफाई विशेष अभियानमा जनसहभागिता जुट्ने क्रम बढ्दै गएको छ । सरसफाई विशेष अभियानबाट महानगरवासी निकै उत्साहित देखिएका छन् ।

अभियान निकै नै प्रभावकारी भएको भन्दै अभियानलाई सबै वडामा पु¥याउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । विराटनगर महानगरपालिकाले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्दै आएको छ । महानगरलाई उत्तर, मध्ये र दक्षिणी क्षेत्रमा विभाजित गरेर सरसफाई विशेष अभियान सञ्चालन गरेको हो । दक्षिणी क्षेत्रको नेतृत्व मेयर मध्यको नेतृत्व उपमेयर र उत्तरी क्षेत्रको नेतृत्व प्रमुख प्रशासकीय अधिकृतले गर्दै आएका छन् । शुक्रबार पनि मेयर नागेश कोइरालाको नेतृत्वमा दक्षिणी क्षेत्रको सफाई गरिएको छ । त्यस्तै मध्ये क्षेत्रको उपमेयर शिल्पा निराला कार्की र उत्तरी क्षेत्रको निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाको नेतृत्वमा सरसफाई विशेष अभियान सञ्चालन गरिएको छ । हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म अभियान सञ्चालन हुँदै आएको छ । महानगरले सुरु गरेको अयिभान निकै नै प्रभावकारी बन्दै गएको स्थानीयको भनाइ छ । वर्षौंसम्म सरसफाई नभएको नाला र सडक सफाई हुँदा आफूहरु निकै नै हर्षित भएको स्थानीयवासी बनाउँछन् । सडक बनेदेखि अहिलेसम्म सरसफाई नभएको तर अहिले मेयरकै उपस्थितिमा सरसफाई हुँदा आफूहरु उत्साहित भएको स्थानीय सन्तोष यादवले बताए । “विराटनगरका लागि सरसफाई र डुबान नै ठूलो समस्या हो,” यादवले भने, “जनप्रतिनिधिले समस्या पहिचान गरेर सरसफाई विशेष अभियान सञ्चालन गर्नु निकै नै सकारात्मक हो ।”

नयाँ नेतृत्व आउने बित्तिकै नाला सफा गरेका कारण यस पटकको वर्षामा डुबान समस्या कम भएको उनीहरुको भनाइ छ । दक्षिण क्षेत्रअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर १२ र १३ स्थित तालिम केन्द्र मोडदेखि उत्तरको सडक सफाई गरिएको छ । सरसफाईमा स्थानीयसमेत जुटेका थिए । सरसफाई र डुबान समस्यालाई आफूहरुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मेयर कोइरालाले जानकारी दिए । सरसफाई नहुँदा डेंगुसहितका विभिन्न रोगको संक्रमण फैलिन सक्ने भन्दै महानगरभरि नै सरसफाई विशेष अभियान सञ्चालन गरिरहेको उनले बताए । मेयर कोइरालाले अभियानअन्तर्गत महानगरवासीको घरदैलोमा पुगेर आफ्नो फोहोर आफैं व्यवस्थापन गर्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको प्रस्ट पारे । शुक्रबार विशेष अभियान सञ्चालन भए पनि अन्य दिन पनि नियमित रुपमा महानगर सफाई हुने गरेको उहाँले बताउनुभयो । सरसफाई विशेष अभियानमा जनप्रतिनिधिका साथै कर्मचारी, जनपद प्रहरी, नगर प्रहरी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.