Websoft University

सुन्दरहरैंचामा बि एण्ड पि एजुकेशनल आइटी ग्यालरी एण्ड कम्प्युटर ट्रेनिङ सेन्टर सञ्चालनमा

 


शिव भट्टराई, भदौ ३१ गते शुक्रबार | रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ६ गछिया स्थित देवकुमारी चोकमा बि एण्ड पि एजुकेशनल आइटी ग्यालरी एण्ड कम्प्युटर ट्रेनिङ सेन्टर शुक्रबार सञ्चालनमा आएको छ।विज्ञान र प्रविधिको युगमा कम्प्युटर तालिमको अत्ति आवश्यक रहेकोले त्यसलाइ मध्यनजर गर्दै (B and P Educational IT Galary and Computer Training Center) सञ्चालनमा ल्याइएको र यहाँ बाट नगरवासीले अब कम्प्यूटर शिक्षा लिन र  अन्यत्र जान नपर्ने सेन्टरका सञ्चालक प्रदिप परियारले बताएका छन्।


यस (B and P Educational IT Gallary and Computer Training Center) मा दक्ष तथा अनुभवी शिक्षकहरू द्वारा कम्प्युटर सम्बन्धी बेसिक, डिप्लोमा, अपरेटर, अफिस प्याकेजिङ्ग, हार्डवेर ट्रेनिङ, ग्राफिक डिजाइनिङ ट्रेनिङ सँगै लोकसेवा परीक्षा, शिक्षा सेवा, बैंक सेवा, सेना तथा प्रहरीका परिक्षा तयारीका कक्षाहरू साथै एस् ई ई, प्लस टु तथा ब्याचलर लेबलका ट्युसन कक्षाहरू सञ्चालन गरिने  ट्रेनिङ सेन्टरका सल्लाहकार यमन कार्की डोलीले जानकारी दिएका छन्।

कार्यक्रममा अन्दाजी १५ जना भन्दा बढी विद्यार्थीहरुले नयाँ भर्ना लिएको र यस कम्प्युटर ट्रेनिङ्ग सेन्टर सुन्दरहरैंचा नगरपालिका र आसपासका क्षेत्रहरुलाई मध्यनजर गर्दै सन्चालन गरिएको सञ्चालकहरुको भनाइ रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.