Websoft University

अरनिको स्कुलमा दशैं विशेष कार्यक्रम सम्पन्न


विराटनगर । रातो तारा डट कम,विराटनगर १० मा अवस्थित अरनिको आवासिय विद्यालयले चाडपर्व विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

आज स्कुलले एक कार्यक्रमको आयोजना गरेर नर्सरी कक्षादेखि १ कक्षा सम्मका वालवालिकाहरुलाई सहभागी गराएर कार्यक्रम दशैं, तिहार र छड पर्वको कार्यक्रम सम्पन्न गरेको हो ।   स्कुलमा अययनरत नर्सरी देखि १ कक्षा सम्मका विद्यार्थीहरुले दशै,तिहार र छठ पर्वको महत्व समेत वुझाएका थिए ।

नेपालीहरुको महान चाड वडा दशै कसरी मनाइन्छ भनेर विद्यार्थीहरुलाई जानकारी दिन नव ग्रहहरुको पुजा आजा समेत गरिएको थियो । चाडपर्व विशेष कार्यक्रममा विद्यार्थीहरु नव ग्रहको भुमिकामा देखिएका थिए भने शिक्षक तथा सहभागिहरुलाई टिका र जमरा लगाइदिएर दक्षिणा समेत दिएका थिए ।

त्यसैगरी नेपालीहरुको अर्काे महान पर्व तिहार कसरी मनाइन्छ र कुन कुन जनावारको पुजा गरिन्छ भनेर काग, कुकुर , गाई र गोरुको पुजा गरिएको थियो । कार्यक्रममा छठ पर्वको महत्व समेत दर्साइएको कूललका प्रिन्सिपल राजेश कार्कीले बताए । 


 


विद्यार्थीहरुले कार्यक्रममा देउशी भैली खेली तिहारको महत्व झल्काएका थिए । विद्यार्थीहरुलाइ हामीले मनाउने चाडपर्वको महत्व बुझाउन र कला सस्कृती जोगाउन साथै विद्यार्थीहरुको कला प्रस्तुत गर्न कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल कार्कीले बताए ।


 


 कार्यक्रममा विद्यार्थीहरुले नृत्य गायन समेत प्रस्तुत गरेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.