Websoft University

मोडल बचत तथा ऋण सहकारी संस्था दमकको एघारौ साधारण सभाले आज भोला वरालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ


दमक,भदौं ३१ गते | रातो तारा डट कम,मोडल बचत तथा ऋण सहकारी संस्था दमकको एघारौ साधारण सभाले आज भोला वरालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । 

दमक उधोग वाणिज्य संघको सभाहलमा भएको साधारण सभाले वराललाई सर्वसम्मतीले अध्यक्ष चयन गरेको हो । वराल मोडल सहकारी संस्थाको साधारण सभावाट सञ्चालक समितिको अध्यक्षमा पुनः चयन हुनु भएको छ । सञ्चालक समिति उपाध्यक्षमा प्रकाश अधिकारी,सचिवमा दिपक वराल, कोषध्यक्षमा कुस देवी लामिछाने सर्वसम्मतीले चयन हुनु भएको छ । सञ्चालक समिति सदस्यहरुमा लक्ष्मी सापकोटा ,विष्णु पौडेल र भुपेश कोइराला ४ वर्षे कार्यकालको लागि चयन हुनु भएको मोडल सहकारीले जनाएको छ । 
यसै गरी संस्थाको साधारण सभाले विश्वेश्वर प्रसाद मिश्रलाई लेखा समिति संयोजक चयन भएको छ । लेखा समितिको संयोजकमा मिश्र पुनः चयन भएका हुन् । लेखा समि िसदस्यहरुमा अम्विका खड्का र बल्भ वराल चयन भएको छन् । साधारण सभाको बन्द सत्रले संस्थाका अध्यक्ष वरालले प्रस्ताव गरेको संस्था सञ्चालन नीति,बचत तथा ऋण नीति ,ऋण सुरक्षा कोष ब्यवस्थापन नीति ,साधारण सभा सञ्चालन र सदस्यता वितरण सम्वन्धि नीति लगायतका १४ नीति छलफलपछि सुझाव सहित पारित गरेको छ ।  
साधारण सभाको उद्घाटन सत्रमा संस्थामा उत्कृष्ट कारोवार गर्ने वीर बहादुर तामाङ, निर्मला राजवंशी , प्रकाश राई, शोभा चौधरी,विरेन्द्र राजवंशी ,मन्जु अग्रवाल र नानी माया बम्जन लगायत ११ जनालाई कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाको उपप्रमुख रेगिना भटराई प्रसाईले पुरस्कृत गर्नु भएको छ । संस्थामा करोवार गर्ने ज्येष्ठ शेयर सदस्यहरु विष्णु कुमारी वराल,विष्ण्ुा माया तामाङ, वाल कुमारी लिम्वू र गंगादेवी श्रेष्ठ लगायतका १९जनालाई सम्मान गरिएको थियो । 
कार्यक्रमका प्रमुख नगर उपप्रमुख रेगिनाले सहकारी संस्थाको सञ्चालक मात्र सहकारीको विषयमा जानकार भएर हुदै शेयर सदस्यहरु पनि सहकारी विषयमा जानकार हुनु पर्ने बताउनु भयो । शेयर सदस्यहरुले सञ्चालकहरुले के कस्तो गरी संस्था चलाइ रहेको छ भन्ने कुरा खोजी गर्नु पर्ने उहाँको सुझाव छ । 
नेफस्सुनका झापा अध्यक्ष तुलाराम न्यौपानेले सहकारी बुढेस कालको साथी भएको बताउदै शेयर सदस्यहरुलाई सक्रिय हुन अनुरोध गर्नु भयो । दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र सहकारी अभियान्ता खोम थापा लगायतले सहकारीको साधारण सभामा सदस्यहरुले हाजिरी मात्र गरेर हिडने विकृतिलाई रोक्नु पर्नेमा जोड्दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.