Websoft University

लायन्स क्लब अफ सुन्दरदुलारीको ७ औँ पदस्थापन कार्यक्रम सम्पन्न


मोरङ भदौ २४ गते शुक्रबार | रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा वार्ड नं ६ स्थित साना किसान कृषि सहकारी संस्थाको सभाहलमा लायन्स क्लब अफ सुन्दरदुलारीको ७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वर्ष २०२१/२२ का अध्यक्ष देवी सिटौलाको अध्यक्षतामा सम्पन्न भएको छ।

आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी दिँदै सिटौलाले सामाजिक सेवाका हेतुले स्थापना भएको यस क्लबले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको उनले बताए। आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण लायन र शुभचिन्तक, सहयोगीप्रति आभार समेत व्यक्त गरे ।


वर्ष २०२२/२३ का अध्यक्ष अर्जुन कुमार तिम्सिनाले आफ्नो कार्यभार ग्रहण गर्दै  यस वर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र  सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत ब्यक्त गर्दै आउने दिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने योजना रहेको बताएका छन्।

शुक्रबार भएको पदस्थापन कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले नयाँ पदभार ग्रहण गरेका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

लायन्स क्लब अफ सुन्दरदुलारी

वर्ष २०२२/२३ को अध्यक्षमा अर्जुन तिम्सिना सँगै प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद ढकाल , द्वितीय उपाध्यक्षमा सुशील पोख्रेल , सचिवमा मेघराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी लगायत पदाधिकारीहरु र सदस्य सहित २१ जना चयन भएका छन्।कार्यक्रममा इन्स्टलेसन अफिसर डिस्ट्रिक गर्भनर 325C धिरज गुरुङले पदस्थापना गराउनु भएको थियो। त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकलि चौधरी, सुन्दरहरैंचा वार्ड नं ३ का वडाध्यक्ष विदुर ढुंगाना, वार्ड नं ६ का वडाध्यक्ष सन्तोष लिङ्देन, डिस्ट्रिक फर्स्ट लेडी ला. रेखा गुरुङ, फर्स्ट डिस्ट्रिक गभर्नर नरनाथ सापकोटा, सेकेण्ड डिस्ट्रिक गभर्नर विकास अधिकारी, सचिव लीलानाथ चिमरिया लगायत विभिन्न लायन्स प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.