Websoft University

कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम


काठमाडौं २०७९ भाद्र २५ गते, शुक्रबार ा रातो तरा डट कम,नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएसन प्रदेश नं। १, विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा कर, भन्सार तथा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम ९भिसिटिएस० सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भएको उक्त एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन पानसमा बत्ती बाली प्रमुख अतिथि नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्री ध्रुव बहादुर थापाज्यूले गर्नु भएको थियो । 

कार्यक्रममा एशोसिएशनका अध्यक्ष श्री संजय कुमार श्रेष्ठज्यूले व्यवसायीक एकताले नै हरेक संस्था बलियो हुने र व्यवसायीक एकता विना कुनेै क्षेत्र सम्भव नहुने साथै अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगतगरी यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनु भयो । साथै, अध्यक्ष श्रेष्ठज्यूले यस एशोसिएशनले यस किसिमका विभिन्न व्यवसायिक क्षेत्रलाई टेवा पु¥याउने किसिमका तालिम गर्दै आइरहेको र भविष्यमा पनि यस किसिमका कार्यलाई निरन्तरता दिदै जाने बताउनुभयो । यसैगरी कर, भन्सार तथा भेइकल कन्साइनमेन्ट एन्ड ट्राकिङ सिस्टम ९भिसिटिएस० सम्बन्धी विषयमा जानेर वा नजानेर कति व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयवस्तु र भिसिटिएसले व्यवसायमा कसरी सहयोग पु¥याउने छ भन्ने प्रशिक्षण कार्यक्रमबाट सम्पूर्ण सदस्य प्रतिष्ठानहरु लाभान्वित हुने बताउनु भयो ।

प्रमुख अतिथि नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्री ध्रुव बहादुर थापाज्यूले हाल सवारी साधन आयात गर्न बन्देज भएको अवस्थाले यस व्यवसाय धारासायी भएको अवस्था छ । साथै, विगतका वर्षदेखी गर्दै आएको नाडा अटो सो यस वर्ष  भ्ख् ल्ब्म्ब् ब्गतय भ्हउय यही आश्विन ६ गतेदेखि आयोजना हुने समेत जानकारी गराउनु भयो ।

उक्त प्रशिक्षण कार्यक्रममा मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीका तर्फबाट सहभागि ८० जना प्रशिक्षार्थीहरुलाई इटहरी राजस्व अनुसन्धान कार्यालयका प्रमुख श्री तिर्थराज खनालज्यू, आन्तरिक राजस्व कार्यालयका अधिकृत श्री विनोद पोखरेलज्यू र अधिकृत रमेश ओझाज्यू त्यसैगरी भन्सार कार्यालय रानीका अधिकृत श्री अरुण पौडेलज्यू र अधिकृत श्री अमित तिवारीज्यू तथा चाटर्ड एकाउन्टेन्ट श्री साहिल अग्रवालज्यूहरुले प्रशिक्षण दिनु भएको थियो । साथै, सहभागी प्रशिक्षार्थीहरुलाई नाडाका अध्यक्ष श्री ध्रुव बहादुर थापाज्यूले प्रमाण पत्र समेत वितरण गर्नु भएको थियो ।

कार्यक्रममा नाडाका उपाध्यक्ष तथा एशोसिएशनका निवर्तमान अध्यक्ष श्री सुभाष आचार्यज्यू, नाडाका महासचिव श्री सुरेन्द्र उप्रेतीज्यू, एशोसिएशनका पूर्व अध्यक्ष श्री तोया खनालज्यू र संचारकमीज्यूहरुको उपस्थिति रहेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.