Websoft University

सुन्दरहरैंचामा जनप्रतिनिधिले गरेका सय दिनको महत्वपूर्ण कार्यहरूको विवरण सार्वजनिक


मोरङ भदौ २४ गते, शुक्रबार | रातो तारा डट कम,सुन्दरहरैंचामा जनप्रतिनिधिले गरेका सय दिनको महत्वपूर्ण कार्यहरूको विवरण सार्वजनिक

सुन्दरहरैँचा नगरपालिकामा शुक्रबार स्थानीय तह निर्वाचन, २०७९ पछि जनप्रतिनिधिहरूले  गरेका १ सय दिनको महत्त्वपूर्ण कार्यहरू नगर प्रबक्ता राेशन प्रसाद ढकालले पत्रकार समक्ष सार्वजनिक गरेका छन् । 

१. पद बहालीकै दिन नगर प्रमुखबाट भएको पहिलो निर्णय : घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ, जसले गर्दा सेवाग्राहीले नगरपालिकासम्म लामो समयसम्म धाइरहनु पर्ने झन्झटिलो परिस्थितिको अन्त्य भएको छ ।

२. व्यवसाय दर्ता तथा नवीकरणको काम वडास्तरमै सम्पन्न हुने व्यवस्था लागू भएको छ । कागजात बोकेर नगरपालिकासम्म धाइरहनु पर्ने परिपाटीको अन्त्य भएको छ।

३. घरबहाल करमा ८० प्रतिशत छुटको व्यवस्था गरी नागरिकलाई कर आतङ्कबाट मुक्त गराउने अभ्यास/प्रयासको थालनी भएको छ ।

४. मौलिक पहिचान झल्किने व्यवसाय दर्ता गर्दा कर छुटको व्यवस्था गरिएको । महिला, दलित,अपाङ्गता भएका व्यक्तिहरूले तिर्ने स्थायी प्रकृतिका करमा छुटको प्रबन्ध गरिएको छ ।

५. महिलाहरूलाई प्रसूतिका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स जस्तो अत्यावश्यकीय सेवा प्रदान गरिएको छ ।

६. नीति तथा कार्यक्रम र योजना निर्माणमा नागरिकको सहभागिता र सरोकारवालाहरूसँग सर्वपक्षीय छलफल गर्ने परिपाटीको विकास भएको छ ।

७. नागरिकहरूसँग छलफल गरी समूहमा निर्णय गर्ने परिपाटी तथा सेवा प्रवाहमा पारदर्शिताको अभिवृद्धि भएको छ । गोप्य कोठामा निर्णय गर्ने परिपाटी पूर्ण रूपले अन्त्य भएको छ । गोप्य कोठाको प्रयोग समेत बन्द भइसकेको छ ।

८. शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्रदेश नं. १ को शाखा सुन्दरहरैँचा नगरपालिकामा विस्तार गर्ने सम्बन्धमा समन्वय र पहल भइरहेको छ ।

९. नागरिकका कामहरूमा सहजता कायम गर्न सबै वडा कार्यालयहरूमा फोटोकपी सेवा तथा विभिन्न निवेदनका ढाँचाहरू निः शुल्क रूपमा वितरण भइरहेको छ ।

१०. रू. १० लाखसम्मका योजनाहरूको सम्झौता सम्बन्धित वडा कार्यालयहरूबाटै हुने कार्यको सुरुवात गरिएको छ ।

११. नगरमा बढ्दो जनसङ्ख्या र नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै एउटा एम्बुलेन्स पूर्वाञ्चाल विश्वविद्यालय शिक्षण अस्पताल र एउटा एम्बुलेन्स वडा नं. ३ स्थित स्वास्थ्य चौकी दुलारीलाई हस्तान्तरण गरिएको छ ।

१२. जनशक्ति व्यवस्थापन सहित प्राथमिक स्वास्थ्य केन्द्र हरैँचालाई नगर अस्पतालको रूपमा सञ्चालन गर्नका लागि व्यवस्था गरिएको छ ।

१३. खोला कटान तथा नियन्त्रण गर्ने ध्येयका साथ (आई.ई.ई.) गरिसकिएको छ । सोही अनुसार आसपासका पालिकाहरू बेलबारी, कानेपोखरी र ग्रामथानसँग समेत सहकार्य गरी खोलामा स्काभेटर, जेसिबी र ट्रिपर प्रयोग नगर्ने । अत्यावश्यक गिट्टी, बालुवा निकाल्नका लागि ट्र्याक्टर र बेल्चा प्रयोग गरी श्रमजन्य प्रक्रियाबाट मात्र खोलाजन्य पदार्थ निकाल्ने निर्णय कार्यान्वयनको चरणमा रहेको छ ।

१४. भू-उपयोग ऐन, २०७६ बमोजिम स्थानीय भू-उपयोग परिषद् गठन गरी भू-उपयोग योजना तर्जुमा निर्माणको कार्य भइरहेको छ ।

१५. सुन्दरहरैँचा नगरपालिकामा रहेको राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र मार्फत १२ वटै वडाबाट सङ्कलित भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको सम्पूर्ण विवरण कम्प्युटर प्रणालीमा इन्ट्री भइसकेको, डि.जी.पि.एस्. प्रविधिद्वारा जग्गाको नापजाँच तथा नियन्त्रण विन्दुहरू राखी राष्ट्रिय प्रणालीमा जोड्ने कार्य भइरहेको, विगतका आयोगहरूले वितरण गरेका जग्गामा रहेका विविध समस्या समाधानका कार्यहरू भइरहेको जस अन्तर्गत वडा नं. ५ भित्रका ६ वटा जग्गाहरूको धनीपूर्जा वितरणको कार्य अन्तिम चरणमा रहेको छ।

१६. नगर क्षेत्रभित्र न्याय सम्पादनलाई अझ प्रभावकारी र जनमुखी बनाई निष्पक्ष रूपमा न्याय प्रदान गर्ने ध्येयका साथ न्यायिक समिति मार्फत न्याय सम्पादनका कार्यहरू भइरहेको छ । जसमा अशक्त र अपाङ्ग परिवारभित्र भएको विवादलाई निरुपण गर्नका लागि न्यायिक समितिका पदाधिकारीहरू निजहरूकै घरमा गई छलफल गराई मेलमिलापको माध्यमद्वारा विवाद समाधानका कार्यहरूको थालनी भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.