Websoft University

स्व. जयनन्द लामाको अन्तिम फिल्म भनिएको ुअभियानुको प्रिमियर शो हाउसफुल


सुनसरी इटहरी भाद्र १९ गते | रातो तारा डट कम, फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म ुअभियानु को भदौको १८ गते अर्थात आज शनिबार इटहरीमा अवस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गरिएको हो ।

फिल्मको प्रिमियर शो अघि औपचारिक कार्यक्रम पनि गरिएको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राइको प्रमुख आतिथ्यता तथा प्रदेश १ सांसद सर्वध्वज सावा र आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राममान्डुप राईको बिशिष्ट आतिथ्यता रहेको थियो । शो अघिको औपचारिक कार्यक्रममा सहयोगी तथा फिल्मका कलाकारहरूलाई सम्मानपत्र वितरण गरिएको थियो । उपस्थित प्रायःले फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

दिनको २स्३० बजेदेखि सुरु भएको औपचारिक कार्यक्रम र प्रिमियर शो मा दर्शकको भिडले हल हाउसफुल भएको थियो । धेरै दर्शकले शिट अपाएर भुइँमै बसेर फिल्म हेर्न बाध्य थिए । मदन बहादुर राइ प्रस्तुतकर्ता रहेको फिल्मका लेखक, निर्माता तथा निर्देशक लाखमान योन्जत तामाङ हुन् । ५५ लाख लगानी लागेको फिल्ममा स्व। जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्माता तथा निर्देशक तामाङका अनुसर अब यहि भदौको २५ गते तरहरामा र असोज १० गते काठमाडौको जमलमा प्रिमियर शो गरिने फाइनल भएको जानकारी गराए । फिल्म प्रदर्शनको मिति तय नभैसके पनि १६ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको साथ हेर्नू पर्ने भन्दै सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाएको छ । फिल्मको यसअघि एक ट्रेलर र पोस्टर इटहरीमा एक पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको थियो । यस्तै फिल्मको केही साताअघि क्यारेक्टर पोस्टरहरु समेत सार्बजनिक भैसकेको छ । स्व। जयनन्द लामालाई फ्रेममा राख्दै फिल्मका मुख्य कलाकारहरुको क्यारेक्टर पोस्टरहरु सार्बजनिक गरिएको हो । 

मैना घिसिङ निर्माता रहेको फिल्ममा २ ओटा गीत समावेश गरिएको छ । जसको शब्दहरू पनि निर्देशक लामाले नै लेखेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङको रहेको छ । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.