Websoft University

लक्ष्मीनारायण सृजनशील महिला मञ्च द्वारा उद्घोषणकला तालिम सम्पन्न साथै प्रमाण पत्र वितरण


शिव भट्टराई, असोज ३ गते सोमवार | रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ वडा कार्यालयको सभाहलमा शनिबार ३ दिने प्रभावकारी उद्घोषणकला तालिम सम्पन्न भएको छ। लक्ष्मीनारायण सृजनशील महिला मञ्च सुन्दरहरैंचा ३ को आयोजनामा भएको  कार्यक्रममा सुन्दरहरैंचा वार्ड नं ४ की वडा सदस्य साथै कार्यपालिका सदस्य दुर्गा पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने लक्ष्मीनारायण सृजनशील महिला मञ्च मोरंगकी अध्यक्ष रिता दाहालको अध्यक्षता रहेको थियो।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथी पोखरेलले यस तालिमले वडामा रहेका महिलाहरुको व्यक्तित्व बिकास र क्षमता वृद्धि गर्नका लागि  सहयोग गर्ने बताउॅदै आफुले सिकेका कुराहरू लाई गाउॅ समाजमा रहेका महिलाहरू लाई पनी सिकाएर अगाडी बढ्न आग्रह गरेकी थिईन्।


 तालिममा सहभागीहरुलाई उद्घोषण सम्बन्धी विभिन्न विषयमा ट्रेनर प्रदिप विष्टले प्रशिक्षण दिएका छन् भने सम्पूर्ण तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। त्यसैगरी कार्यक्रममा लक्ष्मीनारायण सृजनशील महिला मञ्चकी

सदस्य देविका चिमरियाले स्वागत मन्तव्य राखेकी थिइन्।

३ दिन सम्म सञ्चालन भएको उक्त तालिममा अन्दाजी ३६ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए।

कार्यक्रममा विशेष अतिथि लक्ष्मीनारायण सिर्जनशील महिला मञ्चकी सल्लाहकार बिन्दु राई लगायत सामाजिक साथै राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

आफूहरुलाई मध्यनजर गरी सञ्चालन गरिएको तालिमले थप आत्मविश्वास बढाउने अपेक्षा लिएको तालिममा सहभागीहरुले बताएका  छन् भने सो कार्यक्रम सिर्जनशील महिला मञ्चकी  सह सचिव पूनम रिजालले सञ्चालन गरेकी थिइन्। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.