Websoft University


दमक ,असोज ३ गते | प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले संगठन विस्तारको क्रममा संगठनको मेची नगर कमिटी गठन गरेको छ । 

प्रेस चौतारीले आज काकरभिटा स्थित एक होटलमा संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपालको मेची नगर कमिटी गठन गरिएको हो ।

संगठनको मेचीनगर भित्र पत्रकारिता गरी रहेको साधारण सदस्यहरुको पहिलो भेलाले हेमन्त निरौलाको अध्यक्षतामा ७ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा विनिता न्यौपाने ,सचिवमा गगन ढकाल र कोषध्यक्षमा विकास देवकोटा सर्वसम्मत चयन भएका    छन् । त्यस्तै सदस्यहरुमा सञ्जय श्रेष्ठ र राजन पाठक लगायत रहेका छन् । संगठनका जिल्ला कमिटी अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संविधान संभा सदस्य रविन कोइरालाले निलम्वित प्रधानन्यायीश चोलेन्द्र शमशेर जवरालाई घर भित्रै थुनेर राख्ने गलत काम परमादेशी गठबन्धनको सरकारले चरम निस्कृष्ट ब्यवहार प्रर्दशन गरेको वताएका छन् । 

एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज समेत रहनु भएका कोइरालाले चोलेन्द्र शमशेर ५ दलीय गठबन्धनको भूमरीमा परेर एमालेले सस्कार ढाल्न मद्त गरेको समेत आरोप लगाउनु भयो । संविधानको रक्षा ,जनता प्रति उत्तरदायित्व र यसको पूर्ण कार्यान्वयनमा लाग्न आवश्यक रहेको उहाँको भनाई छ । उहाँले जातीय विविधिता रहेको क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषण गर्न माग गर्नु भयो । 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् प्रदेश १ न. का सहइन्चार्ज टिकाराम उपेती, एमाले झापा जिल्ला सदस्य तथा प्रेस चौतारी  जिल्ला इन्चार्ज मोहन काजी न्यौपाने र जिल्ला उपाध्यक्ष प्रदिप परियार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको छ । कार्यक्रममा अतिथिहरुले नगर कमिटीका पदाधिकारी सदस्यहरुलाई खादा ,टिका र अविर लगाइदिएर बधाई दिइएको थियो । नयाँ कमिटीको घोषण प्रेस चौतारी नेपाल झापाका इन्चार्ज सन्तोष आचार्यले गर्नु भएको थियो ।

 कार्यक्रममा नेकपा एमालेका नेताहरु श्रीप्रसाद मैनाली , रामचन्द्र उप्रेती , राजु कार्की , टिकाराम मंग्राती ,राजु पोखरेल , मेची नगरका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी , नगर प्रमुख मिना उप्रेती ,प्रेस चौतारीको केन्दीय सदस्य तथा १ नं प्रदेश सहइन्चार्ज अम्विका भण्डारी, प्रदेश सदस्यहरु अर्जुन कार्की , शिशिर चम्लागाई, प्रेस क्लव मेची नगरका निर्वतमान अध्यक्ष लक्ष्मी उप्रेती , मेची चरा तथा वन्य जन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव प्रकाश पौडेलले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.