Websoft University

निर्वाचन आयोगले खर्चको विवरण नवुझाउने खोटाङका दुई वटा स्थानिय तहमा प्रमुख र उप प्रमुख पदमा उम्मेदवार वनेका १५ जना लाई जनही ४ लाख ५० हजार रुपैया जरीवाना तोक्यो


 गाईघाट ४ असोज | रातो तारा डट कम, निर्वाचन आयोगले खर्चको विवरण नवुझाउने खोटाङका दुई वटा स्थानिय तहमा प्रमुख र उप प्रमुख पदमा उम्मेदवार वनेका १५ जना लाई जनही ४ लाख ५० हजार रुपैया जरीवाना तोकेको छ । पटक , पटक सुचना मार्फत खर्चको विवरण वुझाउन ताकेता गर्दा पनि निर्वाचन कार्यालयमा वुझाउन व्यवास्था गरेको भन्दै हलेसी तुवाचुङ नगरपालिकाकीे काग्रेस वाट निर्वाचित मेयर विमला राई र एमाले वाट निर्वाचित उप मेयर रमेश कुमार राउत सहित १५ जना लाई आयोगले जरीवाना गरेको हो । निर्वाचन खर्च नवुझाउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपा वाट मेयरमा उम्मेदवार वनेका चन्द्र कुमारी राई , एमाले वाट मेयरमा उठेका कुमार प्रसाद आचार्य , मेयर उम्मेदवार जीवन कुमार श्रेष्ठ , खम्वुवान राष्ट्रिय मोर्चा वाट मेयर उम्मेदवार सुवास राई र एमालेकी उप मेयर मा उठेकी विणा देवी राई जरीवाना वुझाउनेमा परेकाछन् । त्यसैगरी हलेसी तुवाचुङ नगरपालिकामा उपमेयर मा एमाले वाट उम्मेदवार वनेका  खडेन्द्र राई , जसपा वाट प्रमुखमा उठेका अन्जील राई , मंगोल नेशनल अर्गनाइजेसन वाट प्रमुख पदमा उठेका विनेश राई , राप्रपा वाट उठेका छत्र पुरी , खम्वुवान राष्ट्रिय मोर्चा वाट उठेका तुलसी कुमार राई , माओवादी केन्द्र वाट उपमेयर उम्मेदवार अम्वेवर राई , र एमाले वाट उपमेयरमा उम्मेदवार वनेका तुलसा वुडाथोकी लाई जरीवाना तोकीएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.