Websoft University

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ


झापा, असोज ३ गते । झापाको मेचीनगर नगरपालिका-१३ र ६ स्थितबाट प्रहरीले  प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । हिजो साँझ बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१३ फुलबासा चौक बस्ने ४३ बर्षीया भारती राजबंशीको घरबाट १२ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नेपाली रुपैया ३ लाख ५३ हजार ५ सय सहित बरामद गरेको   हो । यसै गरी आज दिउसो मेचीनगर-६ स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक नगरपालिका-१ का २१ बर्षीय मनोज कुमाललाई संकालागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध र नगद बरामद भए सगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.