Websoft University

अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा ज्योति मावि सुन्दरहरैंचा बिजयी


मोरङ असोज १ गते शनिबार | रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा ज्योति मावी सुन्दरहरैचा बिजयी भएको छ।शनिवार तीनपैनी तेक्वान्दो डोजाङले वडा नं ४ स्थित दुलारी मल्टिपल स्कुलको खेल मैदानमा प्रतियोगिताको आयोजना गरेको हो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन भएको प्रतियोगितामा ज्योति मावि सुन्दरहरैंचाले विभिन्न तौल समूहमा धेरै पदक प्राप्त गर्दै प्रथम स्थान हाँसील गरेको छ ।

प्रतियोगितामा लब्ली एञ्जल दोस्रो तथा ग्लोबल लाइटिङ स्कुलले तेस्रो स्थान हाँसील गरेका छन् ।प्रतियोगितामा सुन्दरहरैंचा तथा केराबारीका विभिन्न १० विद्यालयका दुई सय विद्यार्थी १६ स्वर्ण पदक, १६ रजत पदक तथा ३२ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको तीनपैनी तेक्वान्दो डोजाङका सचिव आयुषदीप रिजालले जानकारी दिए ।प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै दुलारी मल्टिपल स्कुलका व्यवस्थापक तथा शैक्षिक अभियन्ता टीका पराजुलीले अबको क्रान्ति बन्दुकको नालबाट नभई बौद्धिक चेतबाट सम्भव हुने भएकाले, शिक्षासँगै खेलकुद पनि आवश्यक रहेको बताए । 

सुन्दरहरैंचा वडा नं ४ का वडा सचिव अनिल पोखरेलले खेलकुदमा अनुशासन महत्त्वपूर्ण पक्ष भएकाले जुन खेलमा पनि अनुशासनले खेल प्रर्दशन गर्नुपर्नेमा जोड दिए।यस्तै कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष कैलाश बस्नेतले खेल क्षेत्रको विकास र विस्तारमा वडाले योजनाबद्ध भएर काम गरिरहेको बताएका छन् ।.डोजाङका अध्यक्ष कृष्ण श्रेष्ठले प्रतियोगितामा उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा समेत डोजाङले यस्ता कार्यक्रमको आयोजना गर्ने बताए । प्रतियोगिताको सहजिकरण प्रशिक्षक सुजन कार्कीले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.