Websoft University

सुन्दरहरैंचामा ३ दिने प्रभावकारी उद्घोषणकला तालिम सुरु


मोरङ शिव भट्टराई,असोज १ गते शनिबार | रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ४ वडा कार्यालयको सभाहलमा शनिबार ३ दिने प्रभावकारी उद्घोषणकला तालिम सुरु भएको छ। लक्ष्मीनारायण सृजनशील महिला मञ्च सुन्दरहरैंचा ३ को आयोजनामा भएको कार्यक्रममा सुन्दरहरैंचा महिला मञ्च मोरङकी अध्यक्ष रिता दाहालको अध्यक्ष्यता रहेको थियो भने सुन्दरहरैंचा वार्ड नं ४ का वडाध्यक्ष कैलाश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले वडामा रहेका महिलाहरुको आत्मविश्वास र क्षमता वृद्धि गर्नका लागि यस तालिम प्रभावकारी हुने र समाजको विकास र स्तरोन्नतिका लागि सहयोग पुर्याउने बताउँदै यस्ता तालिम सञ्चालनको लागि वार्ड कार्यालय समन्वय गरेर अगाडि बढ्ने बताएका छन्।


तालिममा सहभागीहरुलाई उद्घोषणसम्बन्धी विभिन्न विषयमा ट्रेनर प्रदिप विष्टले प्रशिक्षण दिने भएका छन् भने कार्यक्रममा सहसचिव पुनम रिजालले स्वागत मन्तव्य राखेकी थिइन्।

३ दिन सम्म सञ्चालन हुने उक्त तालिमको पहिलोे दिन अन्दाजी ३६ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।

कार्यक्रममा विशेष अतिथि अधिवक्ता अन्जना संग्रौला, अतिथि वार्ड नं ४ की वडा सदस्य दुर्गा पोख्रेल, लक्ष्मीनारायण सिर्जनशील महिला मञ्चकी सल्लाहकार बिन्दु राई लगायत सामाजिक साथै राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

आफूहरुलाई मध्यनजर गरी सञ्चालन गरिएको तालिमले थप आत्मविश्वास बढाउने अपेक्षा लिएको तालिममा सहभागीहरुले बताएका  छन् भने सो कार्यक्रम सिर्जनशील महिला मञ्चकी सचिव रमा खवासले सञ्चालन गरेकी थिइन्।२०७९असोज १

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.