Websoft University

मेचि महाकाली सफाई अभियान संखुवासभामा


मोहन कुमार राई ÷चैनपुर असोज १ गते | रातो तारा डट कम,वल्ड क्लिनअप डेको अवसर पारेर संखुवासभाको चचित शक्तिपीठ सिद्धकाली मन्दिर परिसरको सरसफाई  मेची महाकाली सफाई, अभियानकर्मीहरुद्धारा गरेको छ ।

पर्यटन प्रर्वधन एवं धार्मिक क्षेत्रको जर्गेना गर्ने उद्देश्यका साथ सिद्धकाली मन्दिर परिसरको पर्खाल, धुपिका विरुवावरीपरी, परिसरभित्रको आरा मगर्ने वरीपरी झार र फोहरहरु सरसफाई गरेको थियो । सत्यदेवीको दाहीने आखाँ पतन भएको ठाउँ सिद्धकाली मन्दिरमा टाढाटढादेखि झक्तजनहरु आफ्ना मनोकांक्षा पूरा हुने उद्देयका साथ मन्दिरमा दर्शन गर्न आउने गरेका मन्दिरका पुजारी टंकनाथ महन्त वताउनुहुन्छ । वडादशैको नवरात्र तथा फूलपाती वढाइ समेत हुने यस मन्दिर परिसरमा शनिवार  विश्व सफाई अभियानको दिनको अवसर पारेर सरसफाई अभियान सञ्चालन गरेको सफाई अभिवानकर्मी सरोज कोइरालले वताउनुभयो ।


देशको विभिन्न जिल्लामा सफाई अभियान चलाई रहेको अभियानकर्मी कोइरालाले फोहर व्यवस्थापनलाई सिस्टममा लान सके मोहरमा परिणत गर्न सकिने वताए । चैनपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष धनबहादुर तामाङले नगरको फोहर व्यवस्थापन गर्न डम्पिङ्गसाइटको काम भइरहेको भए पनि तत्काल खराङ, चैनपुर, सिद्धकाली मन्दिर, पोखरी लगायतको आवश्यक ठाउँमा छुट्टै फोहर व्यवस्थापनको पहलभइरहेको वताउनुभयो । यस कार्यमा सबै आ–आफ्नो ठाउँमा जुट्न जरुरी छ, जसले सफा र हेर्दा पनि सुन्दर देखिन भएकाले सरसफाई अभियान अत्यन्तै राम्रो रहेको स्थानीय चैनपुर ३ निवासी भोला धितालले वताउनुभयो ।

६ वर्ष अघि देखि यस अभियानमा लागेका सफाई अभियानकर्मी कोइरा वागमती सफाई अभियान, झापा सफाई अभियान, परिवर्तनका लागि हातृमालो, मानव सेवा आश्रम, मायाघर, सडक मानव लगायतको क्षेत्रमा समेत काम गरेको अनुभव वताउनुभयो ।

मानिस स्वास्थ्य रहनका लागि व्यक्तिगत  तथा वातावरणीय स्वच्छन्दता कायम गर्ने हो भने ६० प्रतिशत रोगबाट बच्न सकिने अभियान्ताको भनाइ रहेको छ । । यस अघि जिल्लाको खाँदवारी, मनकामना क्षेत्र, चैनपुर बजार लगायतको क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरिसकेको अभियानकर्मी सरोज कोइरालाले वताउनुभयो । मेचि महाकाली सफाई अभियानकर्मी, स्थानीय, जनप्रतिनिधि सुरक्षाकर्मी लगायतको उपस्थितिमा चैनपुर स्थित सिद्धकाली मन्दिर परिसरमा आज सरसफाई गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.