Websoft University

बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम समापन


बिराटनगर, भाद्र २८ गते । रातो तारा डट कम, १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गरेको ३ कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन  भएको छ ।

आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको ब्यवहारिकरुपमा अक्षरस पालना गरी बिशिष्ठ ब्यक्तिहरुको सुरक्षामा अहोरात्र खटिन सहभागि प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । 

भाद्र २६ गते बाट संचालन भएको तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.