Websoft University

जीवन ज्योति महिला साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा कोपिला खनाल

 


शिव भट्टराई-भदौ १८ गते, शनिबार | रातो तारा डट कम,जीवन ज्योति महिला साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा कोपिला खनाल सर्वसम्मत चयन भएकी छिन्।


मोरङको उर्लाबारी ९ स्थित दुर्गापुरीमा रहेको जीवन ज्योति महिला साना किसान कृषि सहकारी संस्थाको ७ औं साधारण सभामा अध्यक्ष सहित ११ सदस्य सञ्चालक समिति र तारा देवी पौडेलको संयोजकत्वमा ३ सदस्य लेखा समिति सर्वसम्मत चयन भएका छन्।

संस्थाकी अध्यक्ष हिरा श्रेष्ठको सभापतित्वमा भएको साधारण सभामा 

उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगा प्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले संस्थालाई नगरपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताएका छन्। सेयर सदस्यहरूको लागि पशु व्यवस्थापन तथा उपचार तालिम, तरकारीको विउ वितरण, अन्तरसमुह शुद्धिकारण तालिम साथै सरसफाई कार्यक्रम, वृक्षरोपण कार्यक्रम, सहकारी सचेतना कार्यक्रम लगायत विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको यस संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी साथै अन्य विधामा उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मान पत्र सहित सम्मान गरेको थियो।

कार्यक्रममा विशिष्ठ अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना कुमारी खतिवडा , साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय इटहरीका प्रबन्धक दीपक राज पाण्डे, जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रवीन्द्र आचार्य लगायत सहकारी संस्थाका प्रतिनिधि साथै सेयर सदस्यहरूको उपस्थिति रहेको थियो। यस संस्थामा आवद्ध कृषकहरूले मलको डिलर, सामूहिक खेती, डेरी सञ्चालन गरिरहेका छन् भने हाल सम्म यस संस्थाले १४३८ जना सेयर सदस्य बनाउन सफल भएको छ।शनिबार सम्पन्न भएको उक्त कार्यक्रम संस्थाकी प्रबन्धक भागिरथा विष्टले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.