Websoft University

नेपाल मगर संघ दमकको अधिवेशनले बेद थापा मगरलाई सर्व सम्मतीले अध्यक्ष चयन

 


दमक ,भदौं १८ गते | रातो तारा डट कम,नेपाल मगर संघ दमकको अधिवेशनले बेद थापा मगरलाई सर्व सम्मतीले अध्यक्ष चयन गरेको छ । संघ दमकमा भएको सातौ नगर अधिवेशनले वेद थापा मगरलाई सर्व सम्मतीले अध्यक्ष चयन गरेको हो । उहाँले यस अघि पनि नगर अध्यक्षको जिम्मेवारी समालि सक्नु भएको थियो । संघको नगर उपाध्यक्षमा लाल बहादुर वर्जा मगर, सचिवमा नर बहादुर पिठाकोटे मगर ,सहसचिवमा सुरेश आले मगर र कोषध्यक्षमा टिकाराम पिठाकोटे मगर चयन भएको नवनिर्वाचित अध्यक्ष बेद थापा मगरले जानकारी दिनु भयो ।  


संघको नगर सदस्यहरुमा केसर सिजाली मगर,सकुनी रानामगर,अर्जुन रानामगर,बीर माया मगर, नरेन्द्र कुमार सिजाली मगर, सन्देश शिका आले मगर, सुनिल थापा मगर,देविका थापा मगर, नरकुमार राना मगर खेम बहादुर लुङगेली मगर, फुलसरी राना मगर साविता थापा चयन भएका   छन् । यसै गरी सदस्यहर जानुका रजन मगर, कुमारी मगर,धनमाया मगर, दल बहादुर सारु मगर र अनिल सारुमगर सर्व सम्मवत रुपमा निर्वाचित भएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय सदस्य हरि थापा मगरले मगरहरुको अधिकार प्राप्तीको लागि फुटेर होइन मगरहरु एकजुट अघि बढनु पर्ने बताउनु भयो । अधिकार पाइएन भन्ने भन्दा पनि पाएका अधिकारलाई ब्यवहारमा प्रयोग गर्नु पर्ने केन्द्रीय सदस्य हरिले बताउनु भयो । नगर अध्यक्ष बेदथापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा संघीय लोकतान्त्रिक राष्टिय मञ्चका पोलिटयूरो सदस्य बिष्णु माया भटराई थापामगरले मगर समुदायको हकहितको लागि सबैले आ–आफनो ठाउँवाट अघि बढनु पर्ने बताउनु भयो । 

नेकपा माओवादी केन्द्र निकट वाइसियलका केन्द्रीय सचिव कर्म पुलामी लगायतले मगर जातीको उत्थानको लागि आफनो ठाउँवाट सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रमको बन्द सत्रमा नगर समितिका निर्वतमान सचिव लाल बहादुर बुर्जा मगरले प्रस्तुत प्रतिवेदन छलफल पछि पारित गरिएको मगर संघको नगर सदस्य धन माया थापा मगरले बताउनु भयो । कार्यक्रममा मगर जातीको मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.