Websoft University

महान्यायधिवक्ता झा सहित सयौँ जसपा प्रवेश


काठमाडौं भाद्र १८ गते | रातो तारा डट कम, मधेश प्रदेशका मुख्यन्यायधिवक्ता दीपेन्द्र झा जसपा प्रवेश गरेका छन् । महोत्तरीको जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा झा सहित विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुले झा सहितका कार्यकर्तालाई माला लगाएर शनिबार पार्टी प्रवेश गराएका हुन् ।

सक्रिय राजनीतिमा लाग्ने मनसायका साथ महान्यायधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका झाले

जनता समाजवादी पार्टी, नेपालबाट राजनीतिलाई अगाडि बढाउन चाहनु मधेश र मधेशी समुदायका लागि मात्र नभइ नेपाली राजनीतिको लागि समेत सुखद संकेत भएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. सुरेन्द्र यादव, केन्द्रीय नेताहरु, प्रदेश तथा स्थानीय तहका नेताकार्यकर्ताहरुकोउपस्थिति थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.