Websoft University

भीमा शिवाकोटी पुरस्कृत भएकी छिन


झापा दमक,साउन २७ गते | रातो तारा डट कम,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज )झापाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कारवाट प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य भीमा शिवाकोटी पुरस्कृत भएकी छिन् । 

 


झापाली दिवंगत अग्रज पत्रकार विरहीको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारवाट चौतारीको केन्द्रीय सदस्य शिवाकोटी सहित ३ जना पत्रकार पुरस्कृत भएका हुन् । फोनिज झापाले आज विर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर सो पुरस्कार प्रदान गरेको हो । 

पुरस्कृत हुनेहरुमा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत रहनु भएकी शिवाकोटी , एपी वान टेलिभिजन झापाका प्रतिनिधि,पत्रकार विष्णु श्रेष्ठ र रेडियो झापा दमकको सञ्चारकर्मी गंगा वेघा डिकमान विरही उदीयमान पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । 

फोनिजको २३औं स्थापना दिवसको अवसरमा कञ्चनजंघा एफ.एम.विर्तामोडमा कार्यरक्त पत्रकार शिवाकोटीले २५ हजार र अन्य दुई पत्रकार श्रेष्ठ र बेघाले पाँच ÷पाँच हजार रुपैया प्रदान गरिएको फोनिज झापा सचिव तिलक योञ्जनले बताउनु भयो । पूर्वी द्धार मेचीनगर स्थित चारआली बस्ने पत्रकार डिकमान रासस, विवेचना ,झुल्केघाम लगायतका पत्रपत्रिकामा कार्यरक्त थिए ।उहाँकै  स्मृतिमा फोनिजले पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।  

फोनिज जिल्ला झापा अध्यक्ष भूमिका सुब्बा फ्याकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि फोनिजका संघीय उपाध्यक्ष कमन देवानले पुरस्कृत ब्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो । 

कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष देवान, पूर्व झापा अध्यक्ष दिपीन राई ,गणेशमान मुखिया, नारी सञ्चार गृहको उपाध्यक्ष रेजिना रोदन ,प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापा अध्यक्ष मनकुमार गदाल ,प्रेस युनियन झापा सभापति इन्दु पूर्वेली , पत्रकार महासंघ झापा सचिव डिकेस लामा लगायतले पत्रकारिताको अवसर र चुनौतीको विषयमा बोल्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.