Websoft University

एकीकृत समाजवादी प्रदेश नंं. १ कमिटीको बैठक भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने


विराटनगर, २७ साउन गते | रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको छ ।


सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिब गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकमा प्रदेश सरकार र मन्त्रीहरूसँग सम्बन्धित विषयमा पनि रिर्पोटिब भएको छ । बैठकले सदस्यता नवीकरण, विस्तारलगायत सबै प्रकारको अभिलेखीकरणको कामलाई भदौ महिनाभरि सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

पार्टी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, पार्टीका सचिव तथा सह–इञ्चार्ज एवं प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित प्रदेशका मन्त्रीहरूको उपस्थिति रहेको थियो । शनिबार जनसंगठनका प्रमुखहरूसहितको बठै क बसी थप कार्ययोजना बनाउने सचिव रेग्मीले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.