Websoft University

प्राज्ञिकद्वारा २ सय ९३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


सिन्धुपाल्चोक | रातो तारा डट कम, प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा १०, ११ र १२ मा अध्ययनरत २९३ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरणगरेको हो । शैक्षिक सामग्रीमा व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।

 बाँकी १० वटा हिमाली जिल्ला दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला लगायतका जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने जानकारी  दिए ।

 कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विगत २७ बर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेको र यसलाई निरन्तरता दिने क्रममा परिषद्ले विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

 बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले परिषद्को कार्यको उच्च प्रसंशा गर्दै शिक्षा क्षेत्रमा सेवा गरेकोमा धन्यवाद दिएका छन् ।

 त्यसैगरी विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदीले परिषदको कार्य प्रति हर्षित हुँदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

 २०५२ सालमा स्थापना भई  देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई  संगठित गर्दै   असल व्यक्ति निर्माणका  माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य लिएको ढकालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.