Websoft University

एनएमबि बैंकको एटिएम मेशिन फोडेर चोरी गर्ने अनिश पक्राउ


बिराटनगर भाद्र ५ । रातो तारा डट कम, प्रहरीले बैंकको एटीएम मेशिन फोडेर चोरी गर्ने व्यक्ति एक महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका वडा नं. ५ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ३० डुँडाकोमुख बस्ने वर्ष २१ का अनिश तामाङ रहेका छन् ।


गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले तामाङलाई रूपन्देही बेलहिया (नेपाल-भारत सीमा नजिक) बाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार तामाङले गत साउन २ गते राति पोखरा ३० स्थित एनएमबि बैंकको एटीएम मेशिन फोडेर १५ लाख रुपैयाँ रकम चोरेका थिए । उनले सोही राति एनआइसी एशिया बैंकको एटीएम मेशिन पनि फोड्ने प्रयास गरेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी अजय केसी  का अनुसार घटनापछि प्रहरीले अनुसन्धान गर्नेक्रममा दुवै घटनामा एउटै व्यक्तिको हुलियार सो घटनामा ग१०प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेटसमेत प्रयोग भएको देखिएको थियो । थप अनुसन्धान गर्नेक्रममा तामाङले चोरी गरेको भन्ने पुष्टि भएपछि उनको खोजी गर्नेममा पक्राउ परेका हुन् ।

पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको  कास्की प्रहरी प्रमुख एसपी अजय केसी   जानकारी दिए ।आज कास्की प्रहरीले उक्त एटीएम फोड्ने मानीसलाई एक कार्यक्रमको आयोजना गरी सार्वजनीक गरेको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.