Websoft University

अखिल नेपाल महिला संघको तिज विशेष कार्यक्रम


मोरङ आइतबार भदौ ५ गते | रातो तारा डट कम,हिन्दु महिलाहरुको महान चार्ड हरितालीका तीज नजिकिए सँगै विभिन्न संघ सस्थानहरुले  महिलाहरु भेला भएर सामुहिक रुपमा नाचगान साथै दर खाने कार्यक्रमहरु आयोजना गर्ने चलन सुरु भएको छ।


पछिल्लो केही समय यता संघ संस्था र राजनैतीक दल निकट संगठनहरुले पनी तिज विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान गर्ने गरेका छन ।यस्तै नेकपा एमले निकट अखिल नेपाल महिला संघले पनी तिज विषेश कार्यक्रमको आयोजना गरेको छ ।


आइतवार अखिल नेपाल महिला संघ सुन्दरहरैचा नगर कमिटिले नेतृत्व बिकास तथा तिज विषेश सास्कृतीक कार्यक्रमको आयोजना गरेको हो । अखिल नेपाल महिला संघ सुन्दरहरैचा नगर कमिटी अध्यक्ष कविता शर्माको अध्यक्षता तथा नेकपा एमाले प्रदेश १ कमिटि उपसचिव धनमाया तामाङको  प्रमुख आतीथ्यमा आयोजित कार्यक्रममा नाचगान तथा सांङगीतीक कार्यक्रम प्रस्तुत गरीएको थियो ।त्यस्तै कार्यक्रममा अखिल नेपाल महिला संघ सुन्दरहरैचाकी सह सचिव तुलसा म्यांग्वो श्रेष्ठले स्वागत मंतव्य राखेकि थिईन् भने संघकी सचिव गोमा कट्वालले कार्यक्रम संचालन गरेकी थीइन्।


महिलाहरुमा समुहगत भेला मार्फत सामुहिक भावनाको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजक समितिकी अध्यक्ष शर्माले जानकारी दिइन ।


साथै उनले महिलाहरुको नेतृत्व बिकासका नीमीत्त यस कार्यक्रमको व्यवस्थापनको जीम्मेवारी संगठनमा आबद्ध महिलाहरुलाइ दिइएको समेत बताइन । 

 उक्त कार्यक्रममा लोक गायक बालकृष्ण सिग्देल,गंगा गौतम लगायतका कलाकारहरुले तिज विशेष सांङगीतीक प्रस्तुती रहेको थियो भने नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य,प्रदेश कमिटी सदस्य,अखिल नेपाल महिला संघ सुन्दरहरैचा ३ की अध्यक्ष सावित्रा सीवाकोटी लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.