Websoft University

इटहरीमा पाँच कविका १५ वटा कविता प्रस्तुत


विराटनगर साउन २१ गते । रातो तारा डट कम, सुनसरीको इटहरीस्थित डियर कल्याण साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ५ जना कवि प्रस्तुत भएका छन् । उनीहरुले ३–३ वटाका दरले १५ वटा कविता प्रस्तुत गरे ।


शनिबार इटहरीमा आयोजित कार्यक्रममा कवि भरत गुरागाईं ‘बर्बरिक’, टीका आत्रेय, रेखा सुवेदी, मीनकुमार नवोदित र केशव रिमाल प्रस्तुत भएका हुन् । कार्यक्रममा बर्बरिकले ‘मानवताको कविता’, ‘आमा र कैली गाई’, ‘दसैं कहिले आउँछ ?’ शीर्षकको कविता वाचन गर्दा आत्रेयले ‘देशको कविता’, ‘कविता कविता मात्र होइन’ र ‘बोक्सी संकल्प’ शीर्षकको कविता सुनाउनुभयो । त्यस्तै सुवेदीले ‘म र तस्बिर’, ‘उज्यालो कुल्चिँदा’, ‘हराएको यलम्बर खोजिरहेछु’ शीर्षकका कविता सुनाउँदा नवोदितले ‘रिटायर्ड जिन्दगी’, ‘बाको झोला’ र ‘बाको कफिन छेऊ अबोध बालकको बिलौना’ शीर्षकको कविता वाचन गरे ।


त्यस्तै अर्का युवाकवि केशव रिमालले ‘रातो र जीवन’, ‘पहिचान’ र ‘दुई किनारमै....’ शीर्षकको कविता सुनाए । वाचन गरिएका कवितामाथि कवि एवं समालोचक हरि कट्टेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । उनले वाचन गरिएका सबै कविताले अहिलेको देशको अवस्था बोकेको विचार राखे । त्यसैगरी सोही अवसरमा प्रतिष्ठानले साहित्यकार ईरान राई र सरला चापागाईंसहित पाँचैजना कविलाई सम्मान गरेको थियो । उनीहरुलाई अग्रज साहित्यकार प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष विनोद विवश, उपाध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ नेपालीले साहित्य लेखनले समाजका शोषित, पीडित र सिमान्त वर्गका समस्यालाई उठान गर्नुपर्नेमा जोड दिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.