Websoft University

 


सामना भट्टराई,बिराटनगर साउन २१ गते शनिबार | रातो तारा डट कम,सुन्दरहरैचामा रहेको नेपाल कम्प्यूटर सेन्टरद्वारा विभिन्न व्यक्तित्वहरुलाई सम्मान


मोरङको सुन्दरहरैंचा ७ स्थित गोठगाउँमा रहेको नेपाल कम्प्युटर सेन्टरले आफ्ना विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण, पुरस्कार वितरण, शुभकामना, बधाई तथा बिदाई कार्यक्रममा सम्पन्न गरेको छ।


सुन्दरहरैचा ११ मा रहेको लालीगुराॅस भजन किर्तन समुहको भवनमा भएको कार्यक्रममा पंचायत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सामाजिक व्यक्तित्व टोम श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल कंप्यूटर सेन्टरका प्रमुख सम्भु राईको अध्यक्षता रहेको थियो।शनिवार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए। 

सो अवसरमा नेपाल कम्प्यूटर सेन्टरले पत्रकारिताको माध्यमबाट सहयोग पुर्याएको भन्दै पत्रकार शिव भट्टराई भोजपुरे र खेम अधिकारीलाई त्यसैगरी शिक्षा क्षेत्रमा लामो समय देखी सुन्दरहरैचा ७ गोठगाऊमा योगदान पुर्याएकोमा टोम श्रेष्ठलाई

 , कार्यक्रममा सहभागी भई प्रत्यक्ष रुपमा सहयोग पुर्याएकोमा सिभि कलेज र ज्ञान ज्योति इंग्लिश स्कुललाई त्यसैगरी द भोईस किड्स २०२१ टप १० मा पर्न सफल स्वरका धनी बाल प्रतिभा संयोग घिमिरेलाई दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।

कार्यक्रममा विशिष्ठ अतिथि सीबी कलेजका भाइस प्रिन्सिपल खेम बास्तोला, ज्ञान ज्योति इंस्लिस स्कूलका प्रिन्सीपल देवी सिटौला , अतिथि सिभी कलेजका प्राध्यापक कालिदास कोइराला लगायत अभिभावक, विद्यार्थीहरु साथै सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

नेपाल कम्प्युटर सेन्टरले विगत ६ वर्ष अगाड़ी देखि नै कम्प्युटर सम्बन्धी तालिम तथा ट्युसन कक्षाहरू संचालन गर्दै आएको र हाल एक सय भन्दा बढी विद्यार्थीहरु कम्प्यूटर सिक्दै आएका प्रमुख राईले बताएका छन्।

नेपाल कम्प्यूटर सेन्टरका प्रमुख सम्भू राईको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रममा नेपाल कम्प्युटर सेन्टरमा कम्प्यूटर सिकेका विद्यार्थीलाई कम्प्यूटर तालिमको प्रमाण पत्र , नेपाल कम्प्यूटर सेन्टरले गरेको बिवीध कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई विभिन्न शीर्षकमा प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको थियो।

सो अवसरमा सेन्टरले नाचमा , क्यारिकेचरमा, गायनमा सहभागी भई कार्यक्रम संचालनमा सहयोग पुर्याउने विद्यार्थीहरुलाई प्रसंशा पत्र प्रदान गरेको थियो भने उक्त कार्यक्रम कम्प्यूटर सेन्टरका प्रतिनिधि माधव घिमिरेले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.