Websoft University

संघीय संसद, प्रतिनिधि सभाका समिति सभापति सहितको टोलीलाई संघमा स्वागत


बिराटगर २०७९ भाद्र ९ गते, बुधबार | रातो तारा डट कम,मुलुककै जेठो उद्योग वाणिज्य संघको रुपमा रहेको मोरंग व्यापार संघमा पाल्नु भएका संघीय संसद, प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय बिमल प्रसाद श्रीवास्तवज्यू सहितको टोलीलाई संघमा स्वागत गरी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

 


संघका अध्यक्ष श्री नवीन रिजालज्यूले समितिका सभापति माननीय श्रीवास्तवज्यू सहितको टोलीलाई संघमा स्वागत गर्दै पूर्वका उद्योगी÷व्यवसायीहरुका विद्यमान प्रमुख समस्याहरु बारे अवगत गराउनु भई तिनको तत्कालै समाधानार्थ सम्बन्धित निकायलाई पहल एवं निर्देशन दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष श्री रिजालज्यूले आफ्नो स्वागत मन्तव्य दिने क्रममा कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको रुपमा स्तरोन्नतीको चरणमा रहेको नेपालका लागि उद्योग, वाणिज्य क्षेत्र सहित श्रम तथा उपभोक्ता हितको अत्यन्त महत्व रहेको बताउनु भई विद्यमान अवस्थामा उद्योगी÷व्यवसायीहरु उच्च बैंक व्याजदर, नीतिगत अनियमितता लगायत विभिन्न समस्याहरुबाट ग्रसित भएको तथा सरकारले केही सिमित व्यक्तिहरुको संरक्षण गर्ने नीतिले समग्र मुलुक भरिकै औद्योगिक÷व्यवसायिक वर्ग हतोत्साहित भएको बताउनु भएको थियो । त्यही क्रममा अध्यक्ष श्री रिजालज्यूले मीरगञ्ज पुल, आई.सी.पी., विराटनगर तर्फको रेल्वे संचालन, तरलता अभाव, बन्द उद्योगले श्रृजित वेरोजगारी आदि विभिन्न समस्याहरु बारे समितिका माननीय सभापतिज्यू सहितको टोलीलाई अवगत गराई तिनको तत्कालै निराकरणका लागि कदम चालिनु पर्नेमा जोड दिनु भएको थियो ।

मन्तव्यकै क्रममा अध्यक्ष श्री रिजालज्यूले समिति सभापतिज्यू लगायतको टोली समक्ष चालु आ.व.को बजेट बक्तव्यमा उल्लेखित प्रावधानहरुलाई संशोधन गरी बन्द उद्योगहरु खोल्न र मजदूरहरुलाई तत्स्थानमा स्थापित गर्ने वातावरण निर्माण गरिनु पर्ने, बजेटमा गरिएका निर्यात अनुदानका व्यवस्थाहरु व्यवहारमा ल्याइनु पर्ने, सुनसरीको अमडुवामा क्रस बोर्डर औद्योगिक क्षेत्र निर्माण सम्बन्धी बजेटले गरेको सम्बोधनलाई स्वस्फूतर्ताका साथ अघि बढाइनु पर्ने, प्रदेश नं. १का प्रचुर सम्भावनाका धार्मिक तथा पर्यटकीय स्थलहरुको समुचित व्यवस्थापन गरी पर्यटन उद्योगलाई प्रवद्र्धन गरिनु पर्ने, निर्यातजन्य स्वदेशी उत्पादनलाई कर, अन्तःशुल्क र भन्सार दरबन्दी मार्फत प्रोत्साहन गरिनु पर्ने, सरकारी निकायका कामहरु लगानी मैत्री बनाइनु पर्ने, बैंकहरुबाट दिइने कर्जामा वृद्धि गर्नुका साथै वर्तमान व्याजदरलाई न्यूनिकरण गर्ने व्यवस्था गरिनु पर्ने, अनुत्पादक सरकारी खर्च कटौति गरी आर्थिक विकासका क्रियाकलापहरुमा अभिवृद्धि गरिनु पर्ने, ठूलो रकम खर्च हुने नयाँ सरकारी सवारी साधनहरुको खरिदलाई हाल स्थगित गरी पुराना सवारी साधन मर्मत र प्रयोगमा जोड दिइनु पर्ने, नेपाललाई प्रभावित गर्ने भारतीय नीतिहरुको तत्कालिक एवं शुक्ष्म अध्ययन गरी त्यसलाई न्यूनिकरण गर्ने उपायहरु अवलम्बन गरिनु पर्ने, भारतका छिमेकी राज्यहरुका करिब ५० करोड जनसंख्यालाई लक्षित गरी वस्तु र सेवाहरु निर्यात गर्न सकिने वातावरण श्रृजना गरिनु पर्ने, बंगलादेशमा नेपाली उत्पादनहरुका लागि सहज बजारीकरणका लागि पहल गरिनु पर्ने आदि विभिन्न सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

 त्यसै गरी उद्योग संगठन मोरङका अध्यक्ष श्री सुयेस प्याकुरेलज्यूले जि.आई.वायर सहित केही स्वदेशी उद्योगहरुका सन्दर्भमा अर्थ मन्त्रीज्यूले गत बजेटमा हुन गएका त्रुटिहरु सच्याउने वाचा गरेतापनि हालसम्म पनि कुनै कदम नचाल्नु भएकोले स्वदेशी उद्योगहरुको समस्याको उपहास गरेको भान भएको गुनासो व्यक्त गर्नु भएको थियो । त्यस्तै, कार्यक्रममा उपस्थित रहनु भएका राष्ट्रिय सभाका सदस्य एवं पूर्व मन्त्री माननीय गोपी अछामीज्यूले सरकारबाट उद्योगीहरुको समस्यालाई प्राथमिकताका साथ समाधान गरिनु पर्नेमा जोड दिनु भएको थियो । त्यसै गरी संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले सरकारको अव्यवहारिक नीतिका कारण जि.आई.वायर उद्योगहरु बन्द हुनु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको बताउनु भएको थियो भने पूर्व अध्यक्ष श्री खेमचन्द जैनज्यूले वस्तु आयातमा कोटा प्रणालीका कारण बजार सन्तुलन विग्रने हुँदा त्यस्ता व्यवस्था खारेज गरिनु पर्ने सुझाव दिनु भएको थियो । त्यसैगरी, पूर्व अध्यक्ष श्री ताराचन्द खेतानज्यूले उद्योग÷व्यवसाय सम्बन्धी निर्मित नीतिहरु समयसापेक्षित तवरले संशोधन एवं अद्यावधिक गरिँदै जानु पर्ने सुझाव दिनु भएको थियो ।

 सभापतिज्यूले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्तासँग सम्बन्धित विषयहरुमा आफूले सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गरिनै रहेको र कार्यक्रमबाट उठेका विषयहरुलाई पनि गम्भिरतापूर्वक लिई समस्या निराकरणार्थ कटिवद्ध भई अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

 संघका महासचिव श्री अनिल सारडाज्यूद्वारा संचालित उक्त कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू, संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय बिमल प्रसाद श्रीवास्तवज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री सुयेस प्याकुरेलज्यू, राष्ट्रिय सभाका सदस्य एवं पूर्व मन्त्री माननीय गोपी अछामीज्यू, मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्ष श्री खेमचन्द जैनज्यू र श्री ताराचन्द खेतानज्यू सहित सो समितिका संयोजकज्यू, माननीय सदस्यज्यूहरु, समिति सचिवज्यू, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का प्रतिनिधिज्यू, मोरङका प्रमुख जिल्ला अधिकारीज्यू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उप–अनुसन्धान प्रमुखज्यू, विभिन्न ट्रेड युनियन संघ÷संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ लगायत विभिन्न संघ÷संस्थाका पदाधिकारीज्यूहरु, प्रतिनिधिज्यूहरु, संघका महिला उद्यम विकास समिति र युवा उद्यम समितिका संयोजकज्यू एवं सदस्यज्यूहरु, संचारकर्मीज्यूहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.