Websoft University

संस्कृती संरक्षणसँगै रचनात्मक काममा घरेलु महासंघ मोरङ, तिजको अवसरमा महिलाहरुलाई माला र सजावटका सामाग्री बनाउने तालिम


विराटनगर, ९ भदौ | रातो तारा डट कम,नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ संस्कृती संरक्षणसँगै रचनात्मककाममा अग्रसर बनेको छ । महासंघले हिन्दु महिलाहरुले मनाउने महान पर्व तिजको अवसरमा शुभकामना आदानप्रदान, नृत्य प्रतियोगितासँगै महिलाहरुलाई माला र सजावटका सामाग्री बनाउने एक दिने तालिम प्रदान गरेको हो ।


नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, महिला उद्यम समितिले तिजको अवसर पारेर बिहिबार विराटनगरमा महिलाहरुलाई माला र सजावटका सामाग्री बनाउने तालिम दिएको हो ।


महिलाहरुलाई आर्थिकरुपमा सवल र उद्यमी बनाउन फ्रेब्रिकबाट माला र सजावटका सामाग्री बनाउने एक दिने तालिम प्रदान गरिएको महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।


महासंघले प्रत्येक वर्ष तिज पर्वको अवसरमा यस्तै रचनात्मक कार्य गर्दै आएको छ । यो वर्ष महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष निरौलाले बताए । तालिममा मोरङ सवै स्थानीयतहबाट ६५ जना महिलाहरुको सहभागीता रहेको उनले बताए । सो तालिममा अपाङ्गता भएका परिवारका १५ जना महिला सदस्यहरुको समेत सहभागिता रहेको थियो ।


विराटनगर बरगाडी उत्तरपट्टी रहेको इन्द्रणी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शुभकामना आदनप्रदन समेत गरेर तिज पर्व मनाइएको छ । तिज पर्वको अवसरमा महासंघमा आवद्ध उद्यमी महिलाहरुबिच शुभकामना आदानप्रदानका साथै, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङले जानकारी दिइन् ।

सो अबसरमा आयोजना गरिएको नृत्य प्रतियोगितामा उषा भट्टराई प्रथम, संस्कृती थापा द्वीतीय र प्रस्तुती खतिवडा तृतीय भएका थिए । प्रतियोगितामा उत्कृष्ट तीन जना र माला बनाउने तालिममा उत्कृष्ट सयपत्रि महिला समुहलाई नगदसहित पुरस्कृत गरिएको अध्यक्ष निरौलाले जानकारी दिए ।

प्रतियोगितामा २१ जना महिलाहरुले सहभागिता जनाएका थिए । सो अवसरमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की, महासंघ प्रदेश १ की अध्यक्ष अञ्जु उपाध्याय, उपाध्यक्ष लिलादेवि रिजाल, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय (शिवा), सुनसरी अध्यक्ष रविन गौतमलगायत विभिन्न संघ संगठनका प्रतिनिधिहरुलगायत विभिन्न पालिकाबाट सायौँ उद्यमी महिलाहरुको उपस्थिती रहेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.