Websoft University

विकास निर्माणको काम लाई अघि वढाउने


गाईघाट ९ भदौ | रातो तारा डट कम,१ नम्वर प्रदेश सरकारका पुर्वाधार तथा प्रहरी विकास मंत्री हिमाल कार्कीले स्थानिय तह संग समन्वय गरेर मात्र विकास निर्माणको काम लाई अघि वढाउने वताएका छन् । अव स्थानिय तह संग छलफल र समन्वय गरी योजना छनोट गरीने छ । उनले भने । स्थानिय तह ु प्रदेश र संघ संग विगतमा योजना निर्माण मा समन्वय नहुदा धेरे योजनाहरु लथालीङग भएको उनले वताए । ‘अव म पहिले स्थानिय तह संग छलफल गरी अति आवश्यक ठाउमा मात्र योजना छनोट गर्छु ’ मंत्री कार्कीले भने । त्यसो गर्दा आवश्यक ठाउमा योजना वन्ने र त्यो प्रभावकारी हुने मंत्री कार्कीले वताए । त्रियुगा नगरपालिका वडा न ५ स्थीत देउरी खोलामा प्रदेश सरकारले लगानी गरेको मोटरेवल पक्की पुलको विहीवार उद्धघाटन गर्दे मंत्री कार्कीले अव योजना निर्माणको काममा सम्वन्धित ठेकेदार पक्ष वाट ढिलाई गरीए उनीहरुलाइ तत्काल कार्यवाही गरीने वताए । नगरको विकट गाउ वस्ती दमौटी संग सदरमुकाम जोड्न पुल निर्माण पछि निकै सहज भएको छ । झण्डै ४ करोड ५ लाख ६५ हजार रुपैयाको लागतमा निर्माण गरीएको उत्त पुलको लम्वाई ६१ मिटर १० मिटर चौडाई सहित र ३ वटा स्पान रहेको पुर्वधार विकास कार्यालय उदयपुरका प्रमुख डिई जितेन्द्र कुमार कर्णले वताए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.